नयाँ बानेश्वरमा खुल्यो टीभीएसको नयाँ शोरुम सान्भी अटो लिंक

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको नयाँ बानेश्वरमा नयाँ शोरुम सान्भी अटो लिंक सञ्चालनमा ल्याएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले रिबन काटेर शोरूमको उदघाटन गरेका थिए ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टीभीएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिंकका संचालक श्रीकृष्ण थापाले व्यक्त गरे ।

उपभोक्ताहरुको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ संचालन भएको सान्भी अटो लिंकको नयाँ शोरुमले टीभीएस बाइक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको छ ।

जगदम्बा मोटर्सका देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको बताएको छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको कम्पनीको दावी छ ।

सम्बन्धित समाचारहरू

टीभीएस आइक्युब एसको नयाँ संस्करण लन्च

टीभीएस आइक्युब एसको नयाँ संस्करण लन्च

टीभीएसले भारतीय बजारमा इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युब एसको नयाँ भर्सन...

सेगमेन्टमा सबैभन्दा तीव्र बाइक टीभीएस रेडर आईगो भेरिएन्ट लन्च

सेगमेन्टमा सबैभन्दा तीव्र बाइक टीभीएस रेडर आईगो भेरिएन्ट लन्च

टीभीएसले आफ्नो लोकप्रिय बाइक रेडर १२५ को नयाँ आईगो भेरिएन्ट ल्याएको छ । यस...

एनओजी राइडमा टीभीएस एनटर्कले दियो ७५.३८ किलोमिटर माइलेज

एनओजी राइडमा टीभीएस एनटर्कले दियो ७५.३८ किलोमिटर माइलेज

काठमाडौं – टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...