नेपालकै सबैभन्दा ठूलो ईभी किया ईभी९ नेपालमा, मूल्य १ करोड ८० लाख

काठमाडौं – कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक कारको रुपमा किया ईभी९ नेपाली बजारमा भित्र्याएको छ । ठूलो एसयूभी चाहनेहरुका लागि ध्यानमा राखेर यो गाडी नेपाल भित्र्याएको कम्पनीको भनाइ छ ।

किया ईभी९ मा १६० किलोवाटरको मोटर र ७७ किलोवाट आवरको ब्याट्री छ । रियर ह्विल ड्राइभमा उपलब्ध सो इलेक्ट्रिक एसयूभीले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी९ले ३५० किलोवाट सम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।

ईभी–९ ले वर्ल्ड कार अफ दि इयर–२०२४ को अवार्ड पाएको थियो । एक वर्षअघि ग्लोबल डेब्यु गरेको ईभी९ ले यसअघि २०२४ वुमन्स वर्ल्डवाइड कार अफ दि इयर अवार्ड समेत पाएको थियो । कारमा उपलब्ध इन्नोभेटिभ डिजाइन, फराकिले सेभेन–सीट इन्टेरियर र प्रतिस्पर्धी मूल्यका आधारमा ईभी९ लाई उक्त उपाधि दिइएको आयोजकको भनाइ थियो ।

किया ईभी९ को मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ २५ भन्दा बढी सेफ्टी फिचर भएको नयाँ किया सोनेट

यस्तो छ २५ भन्दा बढी सेफ्टी फिचर भएको नयाँ किया सोनेट

कियाको लोकप्रिय सब–४ मिटर एसयूभी २०२४ सोनेट नयाँ अवतारमा लन्च गरिएको छ ।...

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च गरेको छ । सो मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...