प्रधानमन्त्री र मन्त्रीहरुको व्यक्तिगत सवारी साधन के छ ? सम्पत्ति विवरणले देखायो यस्तो तथ्य

काठमाडौं - प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सो विवरणमा अन्य कुराका अतिरिक्त आफू वा परिवारको नाममा रहेका सवारी साधनहरुको विवरण पनि सार्वजनिक गरिएको छ ।

यद्यपि अधिकांश मन्त्रीहरुले आफ्नो सवारी साधन नभएको उल्लेख गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत आफ्नो नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन नभएको उल्लेख गरेका छन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

त्यसैगरी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेसँग आफ्नो नाउँमा सवारीसाधन र पशुधन छैन ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको श्रीमति निकिताको नाउँमा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । सो कार ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा खरिद गरिएको विवरणमा उल्लेख छ ।

अर्थमन्त्री वर्षमान पुनसँग एक थान हलुका सवारीसाधन पनि छ, जसलाई उनले पार्टीको सम्पत्ति भनेका छन् ।

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्मासँग ३६ लाख रुपैयाँमा किनेको हुन्डाईको कार छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग सवारी साधनको नाममा २० लाख पर्ने १ थान चारपांग्रे र १ लाख ८५ हजार मूल्य पर्ने १ थान स्कुटर रहेको सम्पति विवरणमा उल्लेख गरेकी छन् ।

सहरी विकासमन्त्री धनबहादुर बुढासँग एउटा हाइलक्स र एउटा प्राडो गाडी रहेको सम्पत्ति विवरणमा खुलाइएको छ ।

खानेपानीमन्त्री राजेन्द्र राईले श्रीमती मञ्जु मानवी पौडेल र बुहारी युनिता राईको एक–एक थान स्कुटर रहेको विवरण देखाएका छन् ।

वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले बुहारीको नाममा एमजी हेक्टर गाडी रहेको बताएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफूसँग ४ लाख ६५ हजार मूल्यका मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले टोयोटा प्राडो र टाटा नेस्कन ईभी गरी दुईवटा सवारी साधन रहेको खुलाएका छन्।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग ८५ लाखको टोयोटाको ल्याण्डक्रुजर र १९ लाख ७५ हजारको एमजी विद्युतीय गाडी रहेको जनाएका छन् भने एउटा ३ लाख ६४ हजारको स्कुटर रहेको छ ।

सम्बन्धित समाचारहरू

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...

सेफ्टि टेष्टमा हुन्डाईको नयाँ भर्नालाई ५ स्टार रेटिङ

सेफ्टि टेष्टमा हुन्डाईको नयाँ भर्नालाई ५ स्टार रेटिङ

हुन्डाईको नयाँ भर्नाले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ग्लोवल...

आफ्नै ईभी ब्याट्री विकास र निर्माणमा जुट्यो हुन्डाई मोटर्स

आफ्नै ईभी ब्याट्री विकास र निर्माणमा जुट्यो हुन्डाई मोटर्स

हुन्डाईले आफ्नै ईभी ब्याट्री विकास र निर्माण गर्न नयाँ डेडिकेटेड प्लान्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...