हिरो ब्रान्ड खोसिएको एनजीएमले अब जोनसेनका बाइक र स्कुटर नेपाल ल्याउने

काठमाडौं – नेपाली बजारमा लामो समय सम्म हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री गरिरहेको र केही समय पहिले सीजी मोटर्सबाट डिलर खोसिएको एनजीएम ग्रुपले अब चाइनिज ब्रान्ड जोनसेनका मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री गर्ने भएको छ ।

केही समय पहिले यस सम्बन्धी सम्झौता सम्पन्न भएर पनि नेपाली बजारमा यी मोटरसाइकल र स्कुटर ल्याउनका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको कम्पनी स्रोतको भनाइ छ । करिव एक महिना भित्रै यो ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा भित्रिने अनुमान गरिएको छ ।

ज्योति समूूह अन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम) ले यी मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरे पनि आयात भने स्यामुुकापुु ट्रेडिङ प्रालिले गर्नेछ । मणिहर्ष ज्योतिको बुवालाई चीनमा जादा सेतो लुुगा लगाएको भएर चिनियाँहरुले त्यो समयमा स्यामुकापु भन्ने गरेका थिए । उनकै सम्झनामा कम्पनी समेत स्थापना गरिएको हो ।

हाल पहिलो चरणमा होन्डा एक्सएल र हिरो एक्सपल्स जस्ता एड्भेन्चर बाइकसँग प्रतिस्पर्धा हुने खालका जेडएस मोडलका एड्भेन्चर बाइक नेपाली बजारमा उपलब्ध हुनेछन् । त्यसैगरी सबैका लागि उपयुक्त हुने स्कुटर समेत नेपाली बजारमा उपलब्ध हुनेछन् । यी वाहेक डिस्प्लेका लागि केही थान बिग बाइक समेत उपलब्ध हुनेछन् ।

जोनसेनले इलेक्ट्रिक मोटरसाइकल र स्कुटर समेत उत्पादन गर्ने गरेको छ । भविष्यमा यी बाइक पनि नेपाली बजारमा उपलब्ध हुन सक्ने सम्भावना छ । त्यसैगरी नेपालमै यो ब्रान्डका उत्पादन एसेम्बल गर्ने योजना समेत रहेको बताइएको छ ।

चीनका विभिन्न ६ सहरमा उत्पादन हुने जोनसेन ब्रान्डका मोटरसाइकल र स्कुटर नेपाली बजारमा समेत रुचाइने कम्पनीको अनुमान छ । प्लेनको इन्जिन समेत उत्पादन गर्दै आएको जोनसन मोटर कम्पनीका उत्पादन मलेसिया, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, पाकिस्तान आदि देशमा समेत निर्यात हुने गरेका छन् ।

सम्बन्धित समाचारहरू

१ लाख किलोमिटर यात्रा गर्दा पनि ९५ प्रतिशत चार्ज टिक्ने बाइक लन्च

१ लाख किलोमिटर यात्रा गर्दा पनि ९५ प्रतिशत चार्ज टिक्ने बाइक लन्च

बैंगलोरको इलेक्ट्रिक टु ह्विलर कम्पनी अल्ट्राभायोलेटले आफ्नो नयाँ...

कामाका थप नयाँ मोडल ल्याउँदै मेगा मोटर्स

कामाका थप नयाँ मोडल ल्याउँदै मेगा मोटर्स

काठमाडौं–कामा ईभीको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सले थप नयाँ...

एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले देशका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...