२०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नेपालमा आफ्ना ग्राहकहरुका लागि थुप्रै उत्पादनहरु प्रदान गर्दै आएको टीभीएसको अपाचे सिरिज, मोटरसाइकल उत्साहीहरु माझ लोकप्रिय ब्रान्ड समेत रहेको बताएको छ ।

नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ। टीभीएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको छ ।

आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा संचालित, २०२४ टीभीएस अपाचे आरटीआर १६० मा फोर स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर, टु भल्व एसओएचसी एयर–कुल्ड इन्जिन रहेको छ भने यसको पावरहाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क जेनेरेट गर्दछ ।

डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट पाँच–स्पिड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ।

२०२४ टीभीएस अपाचे आरटीआर १६० – म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ । यसको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ रहेको छ ।

२००५ मा पहिलो पटक लन्च गरिएको टीभीएस अपाचे, ६० भन्दा बढी देशहरूमा बलियो उपस्थितिको साथ संसारभरि सबैभन्दा छोटो समयमा प्रख्यात स्पोर्ट्स ब्रान्ड भएको छ ।

टीभीएस रेसिङको लामो इतिहासलाई निरन्तरता दिँदै, टीभीएस मोटरको फ्याक्ट्री रेसिङ टोलीले ट्र्याक टु रोड अवधारणामा आधारित निर्माण र परिष्कृत शृङ्खलाले रेसिङको परिवर्तनमा योगदान पु¥याएको छ र केवल उत्पादनबाट उच्च प्रतिष्ठित मोटरसाइकल ब्रान्डको रूपमा विस्तार भएको छ जुन वर्षौंदेखि यसका ग्राहकहरूद्वारा माया र विश्वास पाउन सफल भएको छ । गत वर्ष यसको ५ मिलियन बिक्री अंक पार गरेर सोहि कुरालाई पुष्टि गरेको छ ।

सम्बन्धित समाचारहरू

सिभिल मलमा सपिङ्ग गर्दा सुजन लामिछानेले जिते टिभिएस अपाचे आरटिआर बाइक

सिभिल मलमा सपिङ्ग गर्दा सुजन लामिछानेले जिते टिभिएस अपाचे आरटिआर बाइक

काठमाडौं – सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर...

३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा

३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा

काठमाडौं– टीभीएसको पहिलो इलेक्ट्रिक स्कुटर आई–क्यूबले भारतीय बजारमा २...

बजाज पछि अब टीभीएस पनि सीएनजीमा, टीभीएस जुपिटर स्कुटर सीएनजीमा आउने

बजाज पछि अब टीभीएस पनि सीएनजीमा, टीभीएस जुपिटर स्कुटर सीएनजीमा आउने

भारतमा बजाज फ्रिडम १२५ ले अहिले चर्चा पाएको छ । विश्वकै पहिलो सीएनजी बाइकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...