किन हरायो टीभीएसको क्लच बिनाको बाइक ‘जाइभ’ ?

टीभीएसले दुई पाङ्ग्रे सवारी साधनको टेक्नोलोजी विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । टीभीएस क्लचरहित बाइक बजारमा ल्याउने भारतको पहिलो कम्पनी हो । टीभीएस जाइभ क्लच बिनाको भारतको पहिलो बाइक हो ।

बढ्दो ट्राफिक र बाइकमा बारम्बार क्लच थिच्ने तथा गियर परिवर्तन गर्ने झन्झटबाट छुटकारा पाउन टीभीएसले जाइभ लन्च गरेको थियो । यसअघि क्लचलेस टेक्नोलोजी स्कुटरमा मात्र सीमित थियो ।

कम्पनीले सो बाइकमा क्लच नभएको ११० सीसीको अटोमेटिक इन्जिन प्रयोग गरेको थियो । सो इन्जिनले ७५०० आरपीएममा ८.४ बीएचपीको पावर र ५५०० आरपीएममा ८.३ एनएमको टर्क जेनेरेट गर्छ । यसको तौल १०० किलो र बाइकको माइलेज ६० देखि ६५ प्रति घण्टा थियो । सो बाइक रोटरी गियर र अटोक्लचसँग सुसज्जित थियो र ४ गियर स्पिड थियो ।

टीभीएसले सो बाइक सन् २००९ मा लन्च गरेको थियो, जसको सिट मुनि स्टोरेज बक्स पनि समावेश थियो । बाइकको मूल्य ४१ हजार भारु मात्र थियो । यो बाइक नेपाली बजारमा समेत उपलब्ध थियो ।

टीभीएस जाइभ बाइक राम्रो र टेक्नोलोजीमा उत्कृष्ट भए तापनि क्लच लगाएर बाइक चलाउने बानी परेका मानिसलाई क्लच बिनाको बाइक अलि अनौठो लाग्न थाल्यो । जाइभ क्लचलेस बाइक थियो तर स्कुटरजस्तो गियरलेस थिएन ।

कम्पनीले यसमा गियर दिएको थियो, जसलाई क्लच नलगाई चलाउन असहज महसुस हुन थाल्यो र बजारमा खासै लोकप्रिय हुन सकेन । अन्ततः कम्पनीले यसलाई २०१२ मा बन्द गरिदियो ।

सम्बन्धित समाचारहरू

टीभीएसको नयाँ अपाचे आरटीआर १६० ४भी लन्च, अब सबै भेरिएन्टमा प्रोजेक्टर हेडल्याम्प र स्लिपर क्लच

टीभीएसको नयाँ अपाचे आरटीआर १६० ४भी लन्च, अब सबै भेरिएन्टमा प्रोजेक्टर हेडल्याम्प र स्लिपर क्लच

टीभीएस मोटर्सले आफ्नो लोकप्रिय मोडल टीभीएस अपाचे आरटीआर १६० ४भी को अपडेट...

फिचर थप भएर आयो आपचे आरटिआर १६० फोर भीको स्पेशल एडिसन

फिचर थप भएर आयो आपचे आरटिआर १६० फोर भीको स्पेशल एडिसन

टिभिएसले अपाचे आरटिआर १६० फोर भीको स्पेशन एडिसन लन्च गरेको छ ।...

टीभीएस रेडरमा ४ हजार र एन्टर्क सिरिजमा २ हजार मूल्य वृद्धि (पछिल्लो अपडेट मूल्य सूची सहित)

टीभीएस रेडरमा ४ हजार र एन्टर्क सिरिजमा २ हजार मूल्य वृद्धि (पछिल्लो अपडेट मूल्य सूची सहित)

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...