४ लाख ७५ हजारमा डुअल च्यानल एविएस भएको २५० सिसी वाइक
नेपाली युवा राइडरले निकै नै रुचाएको मोटरसाइकल हो यामाहा एफजेड २५ । न्याकेड...
मोटरसाइकल उद्योगको क्षेत्रमा अग्रणी नाम मानिने यामाहाले नेपालमा सर्वप्रथम फ्युल इन्जेक्सन अर्थात एफआई प्रविधि अवलम्बन गरेको १५औं वर्ष पूरा भएको छ। यो कोसेढुङ्गा नवप्रवर्तनको दशक मात्र नभई उत्कृष्टता र ग्राहक सन्तुष्टिप्रति यामाहाको अटल प्रतिबद्धताको प्रमाण समेत भएको नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ ।
सो उपलब्धिलाई मनाउन र आफ्ना उत्पादनहरूप्रतिको विश्वास उजागर गर्नका लागि यामाहाले एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको वारेन्टी उपलब्ध गराएको घोषणा गरेको छ । यस्तो व्यापक स्तरको वारेन्टी नेपालमा कुनै पनि दुई पाङ्ग्रे सवारी कम्पनीले पहिलो पटक प्रदान गरेको समेत कम्पनीले गौरवका साथ दावी गरेको छ ।
फ्युल इन्जेक्सन टेक्नोलोजीले मोटरसाइकलको दुनियाँमा क्रान्तिकारी परिवर्तन गरेको छ। यसले राइडरहरूलाई सुधारिएको इन्धन दक्षता र सहज कार्यसम्पादन प्रदान गर्दै प्रदूषण समेत घटाएको छ। नवप्रवर्तनको निरन्तर अध्ययन र खोजका लागि परिचित यामाहाले सुरुमै एफआई टेक्नोलोजीलाई अँगालेर त्यसलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्नको लागि प्रयोग गर्दै सफलता समेत हासिल गरिसकेको बताएको छ।
एफजेड सिरिजका सबै बाइकहरूमा प्राप्त हुने ऐतिहासिक १० वर्षको वारेन्टीले गुणस्तर, स्थायित्व र ग्राहक सन्तुष्टिप्रति यामाहाको बलियो प्रतिबद्धतालाई सङ्केत गर्दछ। यसले यामाहालाई भरपर्दो र विश्वासिलो ब्रान्डको रूपमा अझै बलियो ढंगले स्थापित गर्दछ। साथै यो कोसेढुङ्गा यामाहाको उपलब्धि मात्र नभई बृहत्तर रुपमा नवप्रवर्तन, गुणस्तर र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता पनि हो। आगामी दिनलाई मध्यनजर गर्दै प्रविधिको सीमाहरूलाई फराकिलो पार्न र विश्वभरका सवारहरूलाई असाधारण अनुभवहरू प्रदान गर्न यामाहा समर्पित भएको कम्पनीको भनाइ छ ।
एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले कोसेढुङ्गा प्राप्तीको यस अवसरमा आफ्नो उत्साह व्यक्त गर्दै भने, “यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रा समर्पित ग्राहकहरूलाई यो खुशी र सन्तुष्टि प्रदान गर्न पाउँदा गौरवान्वित छौं।
यामाहाको १० वर्षको वारेन्टीले मोटरसाइकल उद्योगको क्षेत्रमा सवारी चालकहरूलाई अतुलनीय आत्मविश्वास प्रदान गर्ने नयाँ मानक स्थापित गरेको कम्पनीको भनाइ छ । माथिल्लो मुस्ताङको दुर्गम भूभागदेखि काठमाडौंको भीड सडकसम्म यामाहा एफजेड बाइकहरूले बारम्बार आफ्ना क्षमताहरू प्रमाणित गर्दै आएका छन्। अब १० वर्षको वारेन्टीको साथ राइडरहरूले अझ बढी मानसिक शान्ति लिएर आफ्नो साहसिक यात्रा सुरु गर्न सक्नेछन्।
यामाहा खरिद गर्ने सबै ग्राहकहरुले १० वर्षे वारेन्टीको छातामुनि रहेर मानसिक शान्तिका साथ आफ्नो अर्को साहसिक यात्रामा लाग्न सक्ने कम्पनीको भनाइ छ ।
नेपाली युवा राइडरले निकै नै रुचाएको मोटरसाइकल हो यामाहा एफजेड २५ । न्याकेड...
सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी...
काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...