यामाहाले ल्यायो एरोक्स १५५ को नयाँ भेरिएन्ट, यस्ता छन् विशेषता

यामाहाले एरोक्स १५५ को नयाँ भेरियन्ट ‘एस’ सार्वजनिक गरेको छ । यसको मूल्य १ लाख ५० हजार ६०० भारु निर्धारण गरिएको छ । म्याक्सी स्कुटर एरोक्स नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको मोडल हो ।

सो नयाँ भेरिएन्टमा यामाहाले कीलेस इग्निशन फिचर दिएको छ । यसमा दिइएको स्मार्ट चाबीका कारण भीडभाडको अबस्थामा स्कूटर पत्ता लगाउन मद्दत गर्दछ । राइडरले स्मार्ट की प्रयोग गरेर ब्लिंकरहरू र बजर सक्रिय गर्न सक्छन् ।

स्मार्ट की प्रविधिले राइडरलाई चाबीको प्रयोग नगरी स्कूटर सुरु गर्न अनुमति दिन्छ । यसमा प्रोक्सिमिटी सेन्सर छ, जसले चाबीलाई पत्ता लगाउँदछ, र राइडरले इग्निशन पोजिसनमा नब घुमाउन र स्टार्ट बटन थिच्न सक्छ ।

रेगुलर भेरिएन्टमा जस्तै यसमा पनि १५५ सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले १५ बिएचपी पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनलाई कन्ट्युनिली वेरिएबल ट्रान्समिशन (सिभीटी) मा मिलाइएको छ । स्कुटरमा ट्रयाक्सन कन्ट्रोल सिस्टम पनि छ।

सम्बन्धित समाचारहरू

दुई नयाँ कलर भेरिएन्टमा यामाहाले ल्यायो एफजेड-एस एफआई ४.०

दुई नयाँ कलर भेरिएन्टमा यामाहाले ल्यायो एफजेड-एस एफआई ४.०

यामाहा इन्डियाले एफजेड-एस एफआई संस्करण ४.० डीएलएक्स दुई नयाँ कलर...

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु, यामाहा मुख्य प्रायोजक

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु, यामाहा मुख्य प्रायोजक

हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...