नेपालमै एसेम्बल भएका हिरोका ३ मोटरसाइकल र १ स्कुटरका साथ नेपाली बजार प्रवेश गर्दै सीजी मोटर्स

काठमाडौं – सीजी मोटर्सले नेपालमै एसेम्बल भएका ३ मोडलका मोटरसाइकल र एउटा स्कुटर नेपाली बजारका लागि सार्वजनिक गर्ने तयारी गरेको छ । पहिले हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ कम्पनी भएकोमा केही समय यता चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स हिरोको आधिकारिक वितरक बनेको छ ।

सीजी मोटर्सले अर्को साता नेपाली बजारका लागि हिरो स्प्लेन्डर, स्प्लेन्डर प्लस र एक्सपल्स २०० मोटरसाइकल लन्च गर्ने बताएको छ । त्यसैगरी नेपाली बजारका लागि नयाँ स्कुटरको रुपमा हिरो जुम पनि लन्च गरिने छ ।

यी चार मोडलका साथ नेपाली बजारमा पहिलो पटक प्रस्तुत हुने सीजी मोटर्सको तयारी छ । यी मोटरसाइकल र स्कुटर नेपालमै एसेम्बल भएका हुने छन् ।

सीजी मोटर्सको एसेम्बल प्लान्ट नवलपरासीमा सुरुवात गरिएको छ । हिजो मात्रै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको जन्म दिनको अवसरमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात गरिएको औपचारिक जानकारी उनको छोरा निर्वाण चौधरीले सार्वजनिक गरेका थिए ।

नवलपरासीमा रहेको सीजी इन्डष्ट्रियल पार्क क्षेत्रमा एसेम्बली प्लान्ट निर्माण भएको छ। ४ बिघा, १६ कट्ठा, १० धुर जग्गामा हिरोका मोटरसाइकल र स्कुटर एसेम्बल गरिने छ ।

वार्षिक ३० हजार मोटरसाइकल र स्कुटर उत्पादन गरिने र १६५ जनाले यहाँ रोजगारी पाउने छन् ।

सम्बन्धित समाचारहरू

यी हुन् हिरो मोटोकर्पले ल्याएका ४ नयाँ बाइक र स्कुटर

यी हुन् हिरो मोटोकर्पले ल्याएका ४ नयाँ बाइक र स्कुटर

हिरो मोटोकर्पले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा ४ नयाँ मोटरसाइकल...

लन्च नहुँदै देखियो हिरो प्यासन एक्सप्रो

लन्च नहुँदै देखियो हिरो प्यासन एक्सप्रो

हिरोले तीन नयाँ मोडलका बाइक लन्च गर्ने तयारी गरिरहेको छ । ती मध्ये पछिल्लो...

१०० मिलियन ग्राहक पुगेको उपलक्ष्यमा कोभिड किट वितरण सहित राइड फर रियल हिरोज कार्यक्रम

१०० मिलियन ग्राहक पुगेको उपलक्ष्यमा कोभिड किट वितरण सहित राइड फर रियल हिरोज कार्यक्रम

काठमाडौं – हिरो मोटोकर्पले १०० मिलियन अर्थात १० करोड युनिट मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...