बिएमडब्लु र टाटा टेक मिलेर अटोमोटिभ सफ्टवेयर विकास गर्ने

बिएमडब्लु र टाटा टेक्नोलोजी मिलेर भारतमा अटोमोटिभ सफ्टवेयर विकास गर्ने भएका छन् । दुई कम्पनीले संयुक्त उद्यम (जेभी) स्थापना गर्न सम्झौतामा हस्ताक्षर गरेका हुन् । बेंगलुरु, पुणे र चेन्नईमा आईटी विकास हबको स्थापना गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार उक्त साँझेदारीबाट बिएमडब्लुले टाटा टेक्नोलोजीको डिजिटल इन्जिनियरिङ विशेषज्ञताको फाइदा उठाउँदै बिएमडब्लुको विश्वव्यापी आइटी हबहरूमा सफ्टवेयर कोडिङ क्षमताहरूको विस्तारमा योगदान गर्नेछ ।

यो साँझेदारीले सफ्टवेयर–डिफाइन भेइकल (एसडीभी) को समाधान सहित रणनीतिक सफ्टवेयर विकासमा ध्यान केन्द्रित गर्न सहयोग गर्ने संयुक्त विज्ञप्तीमा भनिएको छ । अटोमोटिभ सफ्टवेयरको विकास मुलतः स्वचालित ड्राइभिङ, इन्फोटेनमेन्ट र डिजिटल सेवाहरूमा हुने जनाइएको छ ।

बिएमडब्लु समूहसँगको सहकार्यले विश्वभरका ग्राहकहरूलाई अटोमोटिभ सफ्टवेयर र डिजिटल इन्जिनियरिङमा स्तरिय समाधानहरू उपलब्ध गराउन मद्धत पुग्ने टाटा टेक्नोलोजीका सीईओ वारेन ह्यारिसले बताए ।

सम्बन्धित समाचारहरू

टाटा अल्ट्रोज अब अटोमेटिक भेरियन्टमा पनि

टाटा अल्ट्रोज अब अटोमेटिक भेरियन्टमा पनि

यसअघि म्यनुअल ट्रान्समिसनमा मात्र उपलब्ध अल्ट्रोजलाई टाटा मोटर्सले...

७.७ डिल्स लाइक नेभर बिफोर स्किम, गाडी साट्दा थाइल्यान्ड भ्रमण देखि आइफोन १६ सम्मको अफर

७.७ डिल्स लाइक नेभर बिफोर स्किम, गाडी साट्दा थाइल्यान्ड भ्रमण देखि आइफोन १६ सम्मको अफर

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा मोटर्सले २०२५ सम्म १० नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने

टाटा मोटर्सले २०२५ सम्म १० नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने

टाटा मोटर्सले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...