चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो

ओला इलेक्ट्रिकले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘ओला सोलो’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो चालक बिना चल्न सक्ने भारतको पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुने कम्पनीको दाबी छ ।

कृत्रिम भ्वाइस टेक्नोलोजीको मद्दतले ओला सोलोसँग २२ भाषाहरूमा अन्तरक्रिया गर्न सक्ने मल्टिलिंगुअल भ्वाइस, थप सुरक्षा र सेफ्टीको लागी फेशियल रिकाग्नशन एन्ड हेलमेट एक्टिभेशन, समन मोड, स्कुटरमा ब्याट्री सकिन लागेको बेलामा नजिकैका चार्जिङ स्टेशन खोजी ब्याट्री चार्जका लागि सहयोग गर्ने रेस्ट मोड र सम्भावित खतराहरू र आगामी मोडमा सचेत गराउन सिटले हल्का भाइब्रेटिङ महसुस गर्ने भाइब्रेटिङ सिट अलर्ट जस्ता फिचर रहेको छ ।

नयाँ ओला सोलोका हार्डवेयरदेखि सफ्टवेयरसम्म सबै कम्पोनेन्ट र आविष्कारहरू ओलाले नै गरेको कम्पनीले जनाएको छ । साथै यसको निर्माण पनि भइसकेको छ । ओलाले यसलाई ब्रेक(थ्रु प्रविधिको रूपमा वर्णन गरेको छ।

सोलो एक अटोनोमस, एआई इनेबल्ड र ट्राफिक स्मार्ट स्कुटर हो । यसमा यात्रा गर्न पनि सकिन्छ र सोलो ड्राइभ गर्न पनि सकिन्छ । कम्पनीले सो स्कुटरलाई ओला इलेक्ट्रिक, ओला क्याब्स र एआई बीचको ठूलो सहकार्यको रूपमा वर्णन गरेको छ ।

सम्बन्धित समाचारहरू

आइमाका चार इलेक्ट्रिक स्कुटर नेपालमा : यस्तो छ सबै मोडलको फिचर र मूल्य

आइमाका चार इलेक्ट्रिक स्कुटर नेपालमा : यस्तो छ सबै मोडलको फिचर र मूल्य

काठमाडौं – नेपाली बजारमा चीनको नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक...

कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान

कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान

हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी...

नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

काठमाडौँ – नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...