तीन नयाँ कुपे एसयूभी लन्च गर्दै तीन कम्पनी

भारतीय अटो बजारमा आगामी केही वर्ष भित्र कूप सेगमेन्टमा ठूला एसयूभी लन्च हुने भएको छ । टाटा, टोयोटा र सिट्रोन जस्ता कार निर्माताले पाइपलाइनमा नयाँ मोडलहरु समावेश गरेका छन् ।

टोयोटा टेसर
टोयोटा टेसर अप्रिल ३ मा भारतीय बजारमा प्रवेश गर्दैछ । कम्प्याक्ट एसयूभी कुप सेगमेन्टमा ल्याउन लागेको टोयोटाका यी एसयूभी घरेलु लाइनअपमा हाइराडर भन्दा तल र ग्लान्जाभन्दा माथि राखिनेछ । यसको इन्टेरियर र एक्सटेरियरमा केही अपडेट गरिएको छ ।

यसमा १.० लिटर टर्बो पेट्रोल र १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन यथावत राख्नेछ, जसलाई म्यानुअल र अटोमेटिक ट्रान्समिशन विकल्पसँग जोडिनेछ । टोयोटा अर्बन क्रुजर टेसरमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एचयूडी, ३६० डिग्री क्यामेरा सिस्टम र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर हुनेछ ।

सिट्रोन बेसाल्ट
सिट्रोन बेसाल्ट भारतीय बजारमा मार्च २७ मा सार्वजनिक भइसकेको छ । कम्पनीले यसलाई आगामी त्रैमासिकमा भारतीय बजारमा लन्च गर्नेछ । सीएमपी प्लेटफर्ममा निर्मित सो मोडेलमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११० पीएसको पावर र २०५ एनएमको टर्क जेनेरेट गर्छ ।

टाटा कर्भ
टाटा कर्भको इलेक्ट्रिक भेरिएन्ट सन् २०२४ को मध्यसम्ममा ल्याइनेछ, जसमा एक पटक चार्ज गर्दा ५०० किलोमिटरभन्दा बढीको ड्राइभिङ रेन्जसहितको ठूलो ब्याट्री प्याक हुनेछ । यसले आगामी मारुती ईभीएक्स र हुन्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्नेछ । यो शून्य उत्सर्जन एस्यूभी कुपे एक्टिभ.ईभी आर्किटेक्चरमा हुने दोस्रो मोडल हुनेछ ।

सम्बन्धित समाचारहरू

अलविदा चितवनकै अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पिया !

अलविदा चितवनकै अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पिया !

चितवनका अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पियाको निधन भएको छ । चितवनका...

टाटा मोटर्सको नयाँ कमर्सियल भेइकल इन्ट्रा भी४० लन्च

टाटा मोटर्सको नयाँ कमर्सियल भेइकल इन्ट्रा भी४० लन्च

टाटा मोटर्सले भारतीय बजारमा नयाँ इन्ट्रा भी४० लन्च गरेको छ। पेट्रोल र...

सस्तो भयो टाटा नेक्सन र टियागो ईभी, १ लाख २० हजार भारु सम्मले घट्यो मूल्य

सस्तो भयो टाटा नेक्सन र टियागो ईभी, १ लाख २० हजार भारु सम्मले घट्यो मूल्य

टाटा मोटर्सले नेक्सन र टियागो ईभीको मुल्य १ लाख २० हजार भारुसम्मले कम गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...