भारतमा बिक्री बन्द भएको होन्डा नाभी निर्यातमा उत्कृष्ट

होन्डाले भारतमै डिजाइन गरेर उत्पादन गरको अनौठो बाइक नाभी निर्यातमा उत्कृष्ट ठहरिएको छ । ८ वर्षअघि भारतमा लन्च भएको नाभी मोटरसाइकल र स्कुटरको मिक्स भर्सनका रुपमा आएको थियो । युनिक डिजाइका कारण यसले भारतमा राम्रो बजार लिने कम्पनीको अपेक्षा थियो ।

तर सोचेअनुसार बजार लिन नसकेपछि होन्डाले यसलाई भारतमा बिक्री गर्न बन्द गरिसकेको छ भने नेपाली बजारमा समेत आएर चर्चा बटुलेको सो बाइक यहाँको बजारमा पनि उपलब्ध हुन छाडिसकेको छ ।

बिक्री बन्द भएपनि नाभीले भारतबाट सबैभन्दा धेरै निर्यात हुने होन्डा बाइकको परिचय बनाएको छ । गत फेब्रुअरीमा कुल १३ हजार ३९३ यूनिट निर्यात भएर यसले होन्डाको बाँकी मोडललाई पछि पारेको हो । होन्डाको कुल निर्यातमा नाभी एक्लैको हिस्सा ३१.७० प्रतिशत छ । दोस्रो स्थानमा रहेको डिओ ९ हजार ४२३ यूनिट निर्यात हुँदा उसको हिस्सा २२.३० प्रतिशत छ । डिओलाई होन्डाले नेपालमा सबैभन्दा धेरै निर्यात गर्दै आएको छ ।

यसैगरी भारतीय बजारमा महिनाकै २ लाख युनिट बिक्री हुने एक्टिभा स्कुटरले निर्यातको सूचिमा तेस्रो स्थान हाँसिल गरेको छ । फेब्रुअरीमा एक्टिभा कुल ४ हजार ९९२ यूनिट निर्यात भएको हो । सबैभन्दा बढी निर्यात हुने मोटरसाइकलमा भने होन्डा साइन र कममा हाइनेस ३५० मोडल रहेका छन् । उक्त महिना ४ हजार १७० यूनिट सिबी साइन निर्यात हुँदा हाइनेस ३५० को कुनै यूनिट निर्यात भएन ।

अमेरिकी बजारमा समेत उपलब्ध होन्डा नाभीमा ११० सीसी क्षमताको ईन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ८ पीएस पावर र ९ एनएम टर्क जेनेरेट गर्दछ । बाइकमा ३.८ लिटरको इन्धन ट्यांकी र १५६ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

सम्बन्धित समाचारहरू

होन्डा एक्टिभा अब इलेक्ट्रिक अवतारमा आउँदै, चाँडै लन्च हुने सम्भावना

होन्डा एक्टिभा अब इलेक्ट्रिक अवतारमा आउँदै, चाँडै लन्च हुने सम्भावना

इलेक्ट्रिक बाइकको निर्माण द्रुत गतिमा बढ्दै गइरहेको छ । हिरो मोटोकर्प,...

नेपाली बजारमा भित्रियो होन्डाको अर्को बाइक सीबी ३५० आरएस, मूल्य र विशेषता यस्तो

नेपाली बजारमा भित्रियो होन्डाको अर्को बाइक सीबी ३५० आरएस, मूल्य र विशेषता यस्तो

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता...

होण्डाले ल्यायो आकर्षक अफर, बाइक खरिद गर्दा ४५ सय सम्मको क्यास ब्याक

होण्डाले ल्यायो आकर्षक अफर, बाइक खरिद गर्दा ४५ सय सम्मको क्यास ब्याक

काठमाडौँ – नेपालका लागि होण्डा मोटरबाइकको आधिकारीक बिक्रेता स्याकार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...