जिरो इन्जिनियरिङले सौराहा सम्म च्यारिटी सहितको राइड कार्यक्रम गर्दै

काठमाडौं – जिरो इन्जिनियरिङ मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड आयोजना गर्ने भएको छ । सो अवसरमा च्यारिटी कार्यक्रम समेत आयोजना गरिने छ ।

आगामी शुक्रबार देखि आइतबार सम्म हुने सो कार्यक्रममा विद्यालयको लागि च्यारिटी र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने हेतुले सौराहासम्मको राइड तयारी भएको हो।

चितवनको राप्ती नगरपालिका–३ मा रहेको श्री जनज्योति आधारभूत बिद्यालय धमिलीलाई सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने पनि बताइएको छ। सो राइडमा १०० जना भन्दा बढीको सहभागिता रहने छ।

काठमाडौँबाट बाइरोड़को बाटो दामन हेटौडा हुँदै सौराहा सम्मको राइड रहेको बताइएको छ। सो राइडमा भाग लिने सवारीहरूले नेपालका अद्भुत प्राकृतिक दृश्यहरू, सांस्कृतिक विविधता र स्थानीय जीवनशैलीको अनुभव गर्ने अवसर पाउँछन्। यसको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन र ग्रुप मेम्बरहरुलाई रिफ्रेसमेन्ट उपलब्ध गराउनु रहेको छ।

सौराहा नेपालको चितवन जिल्लामा अवस्थित एक प्रमुख पर्यटकीय स्थल हो, जुन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा परिचित छ। सौराहाका प्रमुख आकर्षणहरूलाइ नियाल्न र त्यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन को लागि यस राइडको आनन्द लिन सकिने छ।

सम्बन्धित समाचारहरू

आज देखि ट्राफिक जरिवाना क्युआर कोडबाटै तिर्न सकिने, बैंक जानु नपर्ने

आज देखि ट्राफिक जरिवाना क्युआर कोडबाटै तिर्न सकिने, बैंक जानु नपर्ने

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा...

सर्वोच्चको अन्तरिम आदेश : राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने

सर्वोच्चको अन्तरिम आदेश : राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा...

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...