मोटर पावर घटेसँगै ९ लाख सस्तो भयो एमजी४ को लक्जरी भेरिएन्ट

काठमाडौं– मोरिस ग्यारेजको स्पोर्टी ह्याचब्याक एमजी४ मोटर पावर घटेर आएको छ । उक्त क्रसओभरको लङ रेन्ज भेरिएन्ट १५० किलोवाट मोटर क्षमतामा उपलब्ध रहँदै आएकोमा हाल ९९ किलोवाट क्षमतामा आएको हो । मोटर पावर घटेसँगै यसको मूल्य ९ लाख सस्तो भएको छ ।

एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यसअघि ५८ लाख ९९ हजारमा बिक्री गर्दै लक्जरी भेरिएन्टलाई ४९ लाख ९९ हजारमा बिक्री सुरु गरेको हो । यसको सर्ट रेन्ज भेरिएन्ट कम्फर्टलाई भने कम्पनीले ४१ लाख ९९ हजारमा बिक्री गर्दै आएको छ । सर्ट रेन्ज भेरिएन्टमा ५१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।

नयाँ आएको लक्जरी भेरिएन्टमा मोटर पावर वहेक अन्य फिचरमा कुनै कटौती गरिएको छैन । उक्त ईभीमा ६४ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

यसमा दिइएको मोटरले १३५ पिएस पावर र २५० एनएम टर्क जेनेरेट गर्दछ । कारको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा छ । १५० किलोवाटको डिसी फास्ट चार्जर समेत सपोर्ट गर्ने सो ईभीलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ९ घण्टामा फुल चार्ज गर्न सकिन्छ । कारको ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ ।

एसएआइएसीको ‘मोड्यूलर स्केलेबल’ प्लेटफर्मममा बनेको यो नयाँ कारमा १०.२५ इन्चको फ्लोटिङ कलर इन्फोटेन्मेन्ट सिस्टम, एलइडी डिआरएलएस सहितको प्रोजेक्टर हेडल्याम्प, ७ इन्चको डिजिटल डिस्प्ले, क्लाइमेट कन्ट्रोल, भेइकल–टु–लोड, ६ तवरले मिलाउन मिल्ने ड्राइभर तथा ४ तवरले मिलाउन मिल्ने प्यासेन्जर सिट, ५ वटा ड्राइभिङ मोड लगायत फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागी कारमा ६ वटा एयरब्याग, एबिएस, इबीडी, इएसपी, इबिए, हिल एसिस्ट कन्ट्रोल र ३६० डिग्री क्यामेरा लगायत फिचर दिइएको छ । पारामाउन्ट मोटर्सले धुलिखेलस्थित डर्ट टेम्पलमा केही दिन पहिले यसको स्ट्रेन्थ टेष्ट समेत सम्पन्न गरेको थियो ।

सम्बन्धित समाचारहरू

फोर्ड र केई ब्रान्डका गाडी बिक्री गरिरहेको जीओ अटोमोबाइल्सले अब एमजी गाडी पनि बेच्ने

फोर्ड र केई ब्रान्डका गाडी बिक्री गरिरहेको जीओ अटोमोबाइल्सले अब एमजी गाडी पनि बेच्ने

काठमाडौं – नेपाली बजारमा फोर्ड र केई ब्रान्डका सवारी साधन बिक्री–वितरण...

बजेट अघि आएर स्टकमा रहेका एमजी जेडएस ईभी पुरानै मूल्यमा उपलब्ध हुने

बजेट अघि आएर स्टकमा रहेका एमजी जेडएस ईभी पुरानै मूल्यमा उपलब्ध हुने

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी जेडएक्स...

जेडएस ईभीको बढ्दो लोकप्रियताले एमजी हेक्टरको बजारलाई कस्तो पार्ला प्रभाव ?

जेडएस ईभीको बढ्दो लोकप्रियताले एमजी हेक्टरको बजारलाई कस्तो पार्ला प्रभाव ?

पारामाउन्ट मोटर्सले हिजो एमजी हेक्टरलाई नेपाली बजारमा औपचारिक लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...