डीपलको नयाँ अफरोडर सार्वजनिक, चीन–नेपाल सिमानाको सडकबाट राखियो नाम

चिनियाँ ब्रान्ड डीपलको नयाँ अफरोडर जी३१८ सार्वजनिक भएको छ । डीपलको यो तेस्रो मोडल हो र यसमा रेन्ज एक्सटेन्सन ईभी टेक्नोलोजीको प्रयोग गरिएको छ ।

चीन र नेपालको सीमाना जोड्ने तथा चीनको सांघाई देखि झाङमु सम्म फैलिएको राष्ट्रिय राजमार्गको नामबाट यो गाडीको नाम राखिएको हो । आकर्षक दृश्यावलोकनका लागि मात्र नभएर टफ टेरेनको रुपमा समेत लोकप्रिय रहेको सिचुआन प्रान्त देखि तिब्बत सम्मको भागलाई मध्यनजर गरी सो नाम राखिएको बताएको छ । यस अनुसार डीपल जी३१८ कठिन अफरोडमा समेत चलाउन सकिने ईभी प्रमाणित हुन्छ । लन्च इभेन्टमा देखाइएको भिडियोमा पनि सो कारले ६० प्रतिशत स्लोपमा चढेको देख्न सकिन्छ ।

गाडीमा रुफ माउन्टेड स्पटलाइटका साथै लगेज -याक र स्पेयर ह्विल समेत छ । यसमा वेडिङ, स्नो, रफ टेरेन, मड र स्यान्ड गरी पाँच ड्राइभिङ मोड छन् ।

डीपल जी३१८ मा सेल–टु–प्याक र सेल–टु–भेइकल टेक्नोलोजी छ भने यसमा गोल्डन बेल २.० ब्याट्री सिस्टम छ । यसमा ११० किलोवाट सहितको १.५टी इन्जिन छ । यसको प्योर इलेक्ट्रिक रेन्ज १९० किलोमिटर (सीएलटीसी) र १५५ किलोमिटर (डब्ल्युएलटीसी) छ ।

यो वर्षको दोस्रो क्वार्टरबाट डीपल जी३१८ को बिक्री शुरु हुने अनुमान गरिएको छ र यसको मूल्य ३ लाख युआन वा ४१ हजार ७ सय युएस डलर जति हुने अनुमान छ ।

डीपल ब्रान्ड चांगानको न्यु इनर्जी भेइकल ब्रान्ड हो । डीपल जी३१८ भन्दा पहिले डीपल एस७ र एसएल०३ मोडल उपलब्ध छन् ।

नेपालमा पनि एमएडब्लु वृद्धि अटोकर्पले चांगानका विभिन्न मोडल बिक्री–वितरण गरिरहेको छ भने डीपलका दुई मोडल छिट्टै नै उपलब्ध गराउने बताएको छ ।

आगामी दिनमा नयाँ अफरोडर ईभी समेत नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आफ्नै प्रयोजनका लागि वा भाडामा लगाउन इलेक्ट्रिक कार चार्जर

आफ्नै प्रयोजनका लागि वा भाडामा लगाउन इलेक्ट्रिक कार चार्जर

इलेक्ट्रिक कारको ब्याट्री चार्ज गर्नका लागि हाल विभिन्न विकल्प उपलब्ध छन्...

नाडा अटो शो २०२५ : १३१ युनिट स्काईवेल ईभी बुकिङ

नाडा अटो शो २०२५ : १३१ युनिट स्काईवेल ईभी बुकिङ

काठमाडौं – हिजो सम्पन्न नाडा अटो शो २०२५ मा स्काईवेल ईभी १३१ युनिट बुकिङ...

चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान

चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान

मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...