बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– चांगन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि अटोकर्पले सो ब्रान्डको नयाँ इलेक्ट्रिक कार नेपाल ल्याउने तयारी थालेको छ । चीनको दोस्रो ठूलो र सबैभन्दा बढी अवार्ड जीत्न सफल ब्रान्ड चांगनको डीपल एस–७ लाई छिट्टै नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको हो ।
डीपल एस–७ संगै कम्पनीले अर्को नयाँ इलेक्ट्रिक सेडान एसएल–०३ पनि ल्याउने जनाएको छ ।
चीनमा यसै वर्षको जुनमा लन्च भएको डीपल एस–७ लाई चांगन अटोले क्याटल र हुवावेसंग साँझेदारी गरेर निर्माण गरेको हो । ६६.८ र ७९.९७ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध यसमा रियर माउन्टेड पिएमएस मोटर जडान गरिएको छ । जुन १६० र १९० किलोवाट अप्सनमा उपलब्ध छ । यसको रेन्ज ५२० र ६२० किलोमिटर दावी गरिएको छ ।
सो एसयूभीको पिक टर्क ३२० एनएम रहेको छ भने गाडी स्टार्ट भएको ६.७ सेकेन्डमै यसले शून्यदेखी १०० किलोमिटर प्रतिघन्टाको गति पकड्न सक्छ । १०० किलोमिटर यात्रा गर्न १४.२ किलोवाट आवर पावर खपत हुने यसको टप स्पिड १८० किलोमिटर प्रतिघन्टा रहेको छ ।
सो एसयूभीको इन्टेरियरमा १५.६ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन, क्वालकम स्न्यापड्रयागन ८१५५ चीप र चालकसंगै अर्को सिटमा वस्ने यात्रुको मनोरन्जनका लागी १२.३ इन्चको स्मार्ट स्क्रिन लगायत फिचर दिइएको छ । चीनमा यसको मूल्य २० हजार ८०० देखी निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...