दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर
नेपालीहरुको महान चाड दशै प्रारम्भ भएको छ । फेस्टिभ सिजनको समयमा विभिन्न...
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी४ ईभीको स्ट्रेन्थ टेस्ट सम्पन्न गरेको छ । ‘एमजी ४ स्ट्रेन्थ टेस्टः इन्डुरेन्स इन एड्भर्सिटी’ नामक यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ईभी स्ट्रेन्थ टेस्ट हो।
गत चैत १ मा धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा कार्यक्रम आयोजना गरी कम्पनीले एमजी४ ईभीको ‘इन्डुरेन्स’ गरेको थियो। त्यहाँको डर्ट ट्रयाकमा सहभागीले हिलो बाटो, सार्प टर्निङ, हिल असिस्ट र ओरालोको पर्फर्मेन्सजस्ता विषयमा एमजी४ ईभीको परीक्षण गरेका थिए।
ट्रयाकमा कुदाउने क्रममा सहभागीले गाडीको ग्राउन्ड क्लियरेन्स, चार वटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फर्मेन्स, त्यसको पावर र पिकअपको अनुभव लिएको कम्पनीले जनाएको छ।
एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एमजी४ अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो। उक्त ट्रयाकमा पथहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो।
कम्पनीका अनुसार इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सन हुँदा चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या भएन। एमजी४ ईभीमा रहेको हिल असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा रियर ह्विल ड्राइभका कारण अप्ठ्यारो बाटोमा पनि राम्रो पर्फर्मेन्स दिएको सहभागीले बताएका थिए।
टेस्ट ड्राइभ पश्चात सहभागीहरुले यो गाडी सहरी चिल्लो सडकमा मात्र नभई जस्तोसुकै सडकमा पनि चलाउन उपयुक्त रहेको अनुभव सुनाएका थिए ।
नेपालीहरुको महान चाड दशै प्रारम्भ भएको छ । फेस्टिभ सिजनको समयमा विभिन्न...
काठमाडौंको भृकुटीमन्डपमा पर्सिदेखी शुरु हुने हिमालयन हाइड्रो एक्स्पोको...
भारतीय बजारमा लम्ब्रेटा, एलएमएल र काइनेटिक लुनाको इलेक्ट्रिक भर्सन आउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...