भारतको सबैभन्दा तीव्र गतिको ह्याचब्याक कार बन्यो टाटा अल्ट्रोज रेसर
टाटा अल्ट्रोज रेसर भारतको सबैभन्दा छिटो ह्याचब्याक कार बनेको छ । यो...
टाटा मोटर्सले आफ्नो लोकप्रिय सब–४ मिटर एसयूभी पन्चको फेसलिफ्ट संस्करण लन्च गर्ने तयारी गरिरहेको छ । हालै नयाँ टाटा पन्च परीक्षणको क्रममा देखियो । यसको डिजाइन पन्च ईभीबाट प्रेरित हुनेछ । यसमा नयाँ ग्रिल, एलईडी डीआरएल र नयाँ हेडलाइट हुनेछ ।
सो माइक्रो एसयूभीको साइडमा कुनै परिवर्तन हुनेछैन तर यसको रियर बम्परमा केही अपडेट हुनेछ । साथै यसमा नयाँ अलोय ह्विल समावेश गर्नेछ । सो एसयूभीले हुन्डाई एक्सटर, मारुती फ्रङ्क्स, सिट्रोन सी३, मारुती इग्निस, निसान म्याग्नाइट र रेनो काइगरसँग प्रतिस्पर्धा गर्नेछ ।
टाटा पन्च पहिलो पटक भारतमा २०२१ मा लन्च गरिएको थियो । त्यस पछि अगस्त २०२३ मा यसलाई ट्विन सिलिन्डर टेक्नोलोजीको साथ सीएनजी संस्करणमा लन्च गरियो । जनवरी २०२४ मा नयाँ लुक र फिचर सहित इलेक्ट्रिक भर्सनमा लन्च गरिएको थियो ।
सो कार माइक्रो एसयूभी सेगमेन्टमा सबैभन्दा सस्तो सीएनजी कार हो र यसले ग्लोबल एनक्याप क्रयास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । सो कारले पेट्रोल मोडमा म्यानुअल ट्रान्समिसनको साथमा २० किलोमिटर प्रतिलिटर, अटोमेटिक ट्रान्समिसनमा १८ किलोमिटर प्रतिलिटर र म्यानुअल ट्रान्समिसनमा सीएनजी मोडमा २७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।
नयाँ टाटा पन्चमा १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर तथा टु स्पोक स्टेयरिङ ह्विल प्रदान गर्न सकिनेछ । साथै यसमा ३६० डिग्री क्यामेरा, लेदर सिट, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, कनेक्टेड कार टेक, वायरलेस चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, क्रुज कन्ट्रोल र सनरुफ जस्ता फिचर पनि उपलब्ध हुनेछ ।
सेफ्टीको लागि यसमा ६ वटा एयरब्याग, एबीएस र ईएससी सबै भेरिएन्टमा हुनेछ । साथै ब्लाइन्ड भ्यू मोनिटर, थ्री पोइन्ट सिट बेल्ट, चाइल्ड आईएसओफिक्स माउन्ट सिट एन्कर र एसओएस फङसन उपलब्ध हुनेछ ।
टाटा मोटर्सले कारमा ग्यास लिकेज डिटेक्ट गर्ने सेफ्टी फिचर पनि उपलब्ध गराएको छ । कारमा सीएनजी चुहावटको अवस्थामा, चुहावट पत्ता लगाउने प्रविधिले स्वचालित रूपमा कारलाई सीएनजीबाट पेट्रोल मोडमा सार्छ ।
साथै फ्युल भर्दा कारलाई अफ राख्न माइक्रो स्विच पनि दिइएको छ । यो स्विचले इन्धनको ढक्कन खोल्ने बित्तिकै इग्निशन बन्द गर्छ । यसले कारलाई इन्धनको ढक्कन सुरक्षित रूपमा बन्द नभएसम्म स्टार्ट हुँदैन ।
नयाँ टाटा पन्चमा १.२ लिटर ३–सिलिन्डर पेट्रोल इन्जिन समावेश छ, जसले ८६ बीएचपीको पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ । जबकि सीएनजी मोडमा यो इन्जिनले ७३.४ बीएचपी र १०३ एनएम टर्क जेनेरेट गर्छ ।
सो इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स दिइएको छ भने कारको पेट्रोल भेरिएन्टमा ५ स्पिड एएमटी गियरबक्सको विकल्प पनि उपलब्ध छ । यद्यपि नयाँ टाटा पन्च सीएनजीमा ५ स्पिड एएमटी गियरबक्स प्रदान गर्न सक्ने अनुमान गरिएको छ ।
टाटा अल्ट्रोज रेसर भारतको सबैभन्दा छिटो ह्याचब्याक कार बनेको छ । यो...
सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोक...
बिएमडब्लु र टाटा टेक्नोलोजी मिलेर भारतमा अटोमोटिभ सफ्टवेयर विकास गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...