होण्डाले नेपाल ल्यायो नयाँ एड्भेन्चर टुरर मोटरसाइकल, यस्तो छ मूल्य र फिचर

काठमाडौं– होण्डाको नयाँ एड्भेन्चर टुरर मोटरसाइकल ‘एनएक्स २००’ नेपाल आएको छ । नेपालका लागी आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले उक्त मोटरसाइकलको मूल्य ४ लाख ८० हजार तोकेर बुकिङ खुल्ला गरेको हो । सो नयाँ मोटरसाइकलले हिरो एक्सपल्स २०० संग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गर्न सकिन्छ ।

हर्नेट २.० मोडलको प्लेटफर्म सेयर गरी निर्माण गरिएको सो नयाँ मोटरसाइकलमा १८४.४० सिसी क्षमताको बिएस६, सिंगल सिलिन्डर, एफआई इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले १७.२६ पीएस पावर र १५.९ एनएम टर्क जेनेरेट गर्दछ । ५ स्पिड गियरवक्स जडान गरिएको बाइकलाई १३० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ । यो नयाँ मोटरसाइकलमा होण्डाले एयर कुल्ड सिस्टम दिएको छ ।

१२ लिटर क्षमताको इन्धन ट्यांक जडान गरिएको मोटरसाइकलले एक लिटर पेट्रोलको खपतमा ४५ किलोमिटर माइलेज दिने दावी गरिएको छ । बाइकमा सिंगल च्यानल एबिएस पाउन सकिन्छ । सिट हाइट ८१० एमएम रहेको एनएक्स २०० को ग्राउन्ड क्लिरियन्स १६७ एमएम छ ।

अर्बान एक्सप्लोरर स्टाइलमा निकै नै आकर्षक र स्पोर्टी देखिने सो नयाँ मोटरसाइकलमा एलइडी हेडल्याम्प, एक्स आकारको एलइडी टेल लाइट, डिजिटल एलसिडी मिटर, स्प्लिट सिट, इन्जिन स्टप स्विच, हाजार्ड लाइट स्विच, अगाडी यूएसडी फोर्क तथा पछाडी मोनोशक सस्पेन्सन र डुअल डिस्क ब्रेक लगायत फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

होन्डा यूनिकर्न र पल्सर १५० को मूल्य एउटै, हेरौ कुन बाइक कति पावरफुल

होन्डा यूनिकर्न र पल्सर १५० को मूल्य एउटै, हेरौ कुन बाइक कति पावरफुल

१५० सिसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेको २ लोकप्रिय मोटरसाइकल होन्डा...

सुपर बाइक अनुभव : बाइकको ट्यांकीमा चाबी भएको होन्डा हर्नेट २.०

सुपर बाइक अनुभव : बाइकको ट्यांकीमा चाबी भएको होन्डा हर्नेट २.०

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका बाइकहरु मध्ये होन्डा...

होन्डा साइन खरिद गर्दा कपिलवस्तुका इरफानले जिते १० लाख नगद पुरस्कार

होन्डा साइन खरिद गर्दा कपिलवस्तुका इरफानले जिते १० लाख नगद पुरस्कार

काठमाडौं–होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...