टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटाको सर्बाधिक सफल एसयुभीका रुपमा परिचित नेक्सनको लोकप्रियता पछिल्लो समय घट्न थालेको छ । लामो समयदेखी भारतको नम्वर १ एसयुभी रहँदै आएको नेक्सनलाई टाटाकै नयाँ माइक्रो एसयुभी पन्चले पछि पारेर उसको ताज खोसिदिएको छ ।

पेट्रोलियम र इलेक्ट्रिक दुबै भर्सनमा उपलब्ध यी दुई एसयुभी टाटाको लाइनअपमा सर्बाधिक बिक्री हुने मोडल हुन् । पछिल्लो २ महिनाको बिक्रीलाई हेर्दा पन्चले नेक्सनलाई पछि पार्दै लगेको छ । गत जनवरीमा भारतमा १७ हजार १८२ यूनिट नेक्सन बिक्री भएकोमा फेब्रुअरीमा घटेर १४ हजार ३९५ यूनिटमा सिमित हुँदा बजार १६.२२ प्रतिशतले गुमेको छ । उता पन्चको बिक्री भने निरन्तर उकालो लागिरहेको देखिन्छ ।

गत जनवरीमा कुल १७ हजार ९७८ यूनिट पन्च बिक्री भएकोमा फेब्रुअरीमा २.५६ प्रतिशतले बृद्धि भई १८ हजार ४३८ यूनिट पुगेको छ । जनवरी र फेब्रुअरी दुबै महिनामा पन्चले नेक्सनलाई पछि मात्रै पारेको छैन अन्य एसयुभी मोडल सुजुकी ब्रेजा र हुन्डाई क्रेटालाई समेत पछि पारेर नम्वर–१ एसयूभी बन्न सफल भएको छ ।

अघिल्लो वर्षको सोही महिनाको तुलनामा पन्चको बिक्री ६५ प्रतिशतले बृद्धि हुँदा नेक्सनको ३.४६ प्रतिशतले मात्र बृद्धि भएको छ । गत बर्षको फेब्रुअरी महिनामा टाटाले कुल ११ हजार १६९ यूनिट पन्च बिक्री गरेकोमा यस वर्षको सोही महिनामा बढेर १८ हजार ४३८ यूनिट पुगेको हो । उता नेक्सनको भने १३ हजार ९१४ यूनिटमा झिनो बृद्धि भई १४ हजार ३९५ यूनिट पुगेको छ ।

भारतमा जस्तै नेपाली बजारमा पनि नेक्सनको बिक्री निरन्तर ओरालो लाग्दै गएको छ । लन्च भएको सुरुवाती समयमा एकछत्र जस्तै बजार लिएको यसको ईभी भर्सनले हाल छिटपुट बजार लिएपनि कम्वसन इन्जिनको बिक्रीे केही यूनिटमा सिमित भएको छ । चिनियाँ ब्राण्डका ईभीको लोकप्रियता बढ्न थालेपछि नेक्सन ईभीको बिक्री नराम्रोसंग प्रभावित बन्न पुगेको हो ।

भारतमा निकै राम्रो बिक्री हाँसिल गरेको पन्चको कम्वसन भर्सन नेपाली बजारमा उपलब्ध भएपनि यसले बजार लिन सकिरहेको छैन । अर्कोतर्फ ईभीको बजार चिनियाँ ब्राण्डको कब्जामा गएका कारण टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पन्च ईभीलाई तत्कालै लन्च गरिहाल्ने मनस्थिती बनाएको देखिँदैन ।

सम्बन्धित समाचारहरू

पन्च ईभीको भारतमा वुकिङ खुला, यस्ता छन् विशेषता

पन्च ईभीको भारतमा वुकिङ खुला, यस्ता छन् विशेषता

टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई भारतमा...

नेपाली सोरुममा आइपुग्यो नेक्सन ईभीको डार्क एडिसन, २ लाख बढी मूल्यका साथ खुल्यो बुकिङ

नेपाली सोरुममा आइपुग्यो नेक्सन ईभीको डार्क एडिसन, २ लाख बढी मूल्यका साथ खुल्यो बुकिङ

काठमाडौं – टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको...

२०२५ मा टाटा मोटर्सले ७ नयाँ एसयूभी लन्च गर्ने

२०२५ मा टाटा मोटर्सले ७ नयाँ एसयूभी लन्च गर्ने

टाटा मोटर्सले सन् २०२५ मा भारतीय बजारमा ७ नयाँ कार लन्च गर्ने भएको छ । यसमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...