नयाँ ब्रान्डका लुब्रिकेन्ट्स थपिने र डिलरसिप परिवर्तन हुने क्रममा तीव्रता

लुब्रिकेन्ट्स बजारमा पछिल्लो समय नयाँ ब्रान्ड थपिने र डिलरसिप परिवर्तन हुने क्रमले तीव्रता पाएको छ । २ महिनायता बजारमा केही नयाँ ब्रान्ड भित्रिएका छन् भने तीनवटा चर्चित ब्रान्डको डिलरसिप परिवर्तन भएको छ ।

पछिल्लो समय बजारमा गुडइयर, किर्लोस्कर र आइसर जेन्युइन इन्जिन आयल भित्रिएका छन् भने यही अवधिमा स्वदेशी ब्रान्ड नेपाल गोल्डको समेत बिक्री सुरु भएको छ । नेपाल गोल्डलाई सत्यदिप ग्रुप अन्तर्गतको युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजले उत्पादन सुरु गरेको हो ।

टायर ब्रान्डका रुपमा विश्वभर चर्चित गुड इयर लुब्रिकेन्ट्सलाई डेल्टा डिस्ट्रिब्युटर्सले भित्र्याएको छ भने किर्लोस्कर इन्जिन आयललाई आदिशक्ति ग्लोबल ट्रेडर्सले बिक्री सुरु गरेको हो । साथै आइसर गाडीको जेन्युइन आयलका रुपमा बतास एमएडब्लु कमर्सियल भेइकलले सोही ब्रान्डको लुब्रिकेन्ट्स भित्र्याएर कारोबार थालेको छ ।

लुब्रिकेन्ट्सको माग बढ्दै गएपछि स्वदेशमै प्लान्ट स्थापना गरेर उत्पादन गर्ने ट्रेन्ड समेत बढिरहेको छ । नेपालमा हाल गल्फ, पीएलओ, कन्ट्रोल, स्मार्ट, एन ल्यूब र एमबी सहित १ दर्जन बढी ब्रान्डका लुब्रिकेन्ट्स स्वदेशमै उत्पादन भइरहेका छन् । यसैगरी विश्व प्रख्यात मल्टी नेसनल ब्रान्ड क्यास्ट्रोल, सेल, बीपी, डकहाम्स, भल्भोलिन, भिडोल, एड्नोक, इनोक, टोटल र मोटुल जस्ता ब्रान्ड समेत उपलब्ध छन् । भारतको चर्चित ब्रान्ड सर्बो, म्याक र एचपीले समेत बजारमा ठूलो हिस्सा ओगटेको छ ।

निकै नै प्रतिस्पर्धात्मक मानिने लुब्रिकेन्ट्स बजारमा डिलरसिप खोसिने क्रमले समेत तीव्रता पाइरहेको छ । पछिल्लो समय बजारमा मोटुल, भल्भोलिन र भिडोलको डिलरसिप परिवर्तन भएका हुन् । यसअघि विशाल ग्रुपले बिक्री गर्दै आएको मोटुल र भिडोलको डिलरसिप परिवर्तन भई आईएमई ग्रुप र सत्यदिप ग्रुपमा पुगेको छ भने ओम्नी इन्टरनेसनलले बिक्री गर्दै आएको भल्भोलिनको डिलरसिप जगदम्बा मोटर्सले खोसेको छ ।

गाडी र मोटरसाइकलको जस्तै लुब्रिकेन्ट्स र स्पेयर पार्ट्सको डिलरसिप समेत खोसिने क्रमले तीव्रता पाउँदै गएको हो ।

सम्बन्धित समाचारहरू

एचपी बन्यो एनपीएल सिजन २ को लुब्रिकेन्ट पार्टनर

एचपी बन्यो एनपीएल सिजन २ को लुब्रिकेन्ट पार्टनर

काठमाडौं– काठमाडौंमा जारी नेपाल प्रिमियम लिग (एनपीएल) को दोस्रो सिजनलाई...

भिडोल लुब्रिकेन्ट अब नेपालमै उत्पादन हुने, भीजी ल्युबले बिक्री नगर्ने

भिडोल लुब्रिकेन्ट अब नेपालमै उत्पादन हुने, भीजी ल्युबले बिक्री नगर्ने

काठमाडौं – नेपाली बजारमा उपलब्ध भिडोल लुब्रिकेन्ट अब भीजी ल्युबले...

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

काठमाडौं– विश्वकै पुरानोमध्ये एक लुब्रिकेन्ट्स ब्राण्ड भल्भोलिनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...