कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कारमा यस्ता धेरै उपकरण जडान गरिएको हुन्छ जसले कारको परफर्मेन्समा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । कारमा कहिलेकाहीँ ओभरहिटिङको समस्या आएको आएको पाइन्छ । वास्तवमा यस्तो समस्या कारमा भएको रेडिएटरको कारणले हुने गर्छ ।

रेडिएटर कारको अगाडिको ग्रिलको पछाडि र इन्जिनको अगाडि अवस्थित हुन्छ । रेडिएटरले गाडीको इन्जिनलाई चिसो राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । रेडिएटरको काम भनेको इन्जिनलाई अधिक तताउन नदिनु हो ।

कार रेडिएटरले फ्यान, थर्मोस्ट्याट र होजसँग मिलेर कुलेन्टमा चिसो पठाउने काम गर्छ । वास्तवमा कारमा पेट्रोल हाल्दा यसले इनर्जी पैदा गर्छ, जसले धेरै गर्मी उत्पन्न गर्छ र यस्तो अवस्थामा कारको रेडिएटरले यसलाई चिसो बनाउँछ ।

रेडिएटर चुहावट एक सामान्य समस्या हो, जसको कारण समस्या पर्न सक्छ । यसमा चुहावटका कारण पानी पम्पमा प्रभावित हुन्छ । कार रेडिएटर खियाले पनि प्रभावित हुन सक्छ । यो गडबडीका कारण ट्युबले काम गर्न छाड्छ र गाडीमा बढी तातो हुने समस्या देखिन्छ ।

रेडिएटरमा जडान गरिएको फ्यानमा समस्या आएमा यसले इन्जिनलाई सीधै असर गर्छ । जसका कारण इन्जिन बढी तातो हुन थाल्छ । त्यसकारण कारको रेडिएटरमा फ्यान बिग्रिएको छ वा छैन भन्ने सुनिश्चित हुनुपर्छ ।

सम्बन्धित समाचारहरू

अब सीएफमोटोका स्पेयर पार्ट्स तथा सेवा देशभर सुलभ र किफायती मूल्यमा उपलब्ध

अब सीएफमोटोका स्पेयर पार्ट्स तथा सेवा देशभर सुलभ र किफायती मूल्यमा उपलब्ध

काठमाडौं – ग्राहक सन्तुष्टि र आफ्टर–सेल्स सेवालाई अझ प्रभावकारी बनाउने...

पहिलो पटक काठमाडौंमा ट्रक भित्रिदाको कथा : यस्तो छ प्रितम सिंहको अनुभव

पहिलो पटक काठमाडौंमा ट्रक भित्रिदाको कथा : यस्तो छ प्रितम सिंहको अनुभव

सन् १९५७ तिरको कुरा । पटनाबाट किस्तीमा गाडी जोडेर ल्याएको उनी सम्झिन्छन् ।...

तपाईले आफ्नै कारको वनर्स म्यानुअल अध्ययन गर्नुभएको छ ? यस्ता छन् अध्ययन गर्नुपर्ने ५ कारण

तपाईले आफ्नै कारको वनर्स म्यानुअल अध्ययन गर्नुभएको छ ? यस्ता छन् अध्ययन गर्नुपर्ने ५ कारण

तपाईले नयाँ कार किन्दै गर्दा कारको वनर्स म्यानुअल पढ्ने गर्नुभएको छ ?...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...