टोयोटा नेपालले ग-यो टेबल टेनिस खेलाडी नविता श्रेष्ठसँग सहकार्यको घोषणा

काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’ का लागि राष्ट्रिय टेबल टेनिस च्याम्पियन नबिता श्रेष्ठसँग सहकार्यको घोषणा गरेको छ ।

नौ पटक सम्म टेबल टेनिस च्याम्पियन बनेकी नबिता श्रेष्ठले २०६७ देखि २०८० सम्म वुमन सिंगल्स टाइटल जितेकी थिइन् । उनी साउथ एसियन गेम्स, एसियन गेम्स, वर्ल्ड टेबल टेनिस च्याम्पियनसिप र एसियन च्याम्पियनसिप जस्ता प्रतिष्ठित खेलमा समेत सहभागी भइसकेकी छिन् ।

युटीएसका डाइरेक्टर सुर्यांश वैद्यले नबितासँग सहकार्य गरेर युटीएसले आफ्नो इतिहासमा अझै उचाई थपेको र यसबाट उनको खेल करियरमा समेत सहयोग पुग्ने अपेक्षा गरे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्थानीय कलाकारलाई सहयोग गर्ने युटीएसको प्रतिबद्धतालाई सम्मान गर्दै यसबाट खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा भाग लिन सहयोग पुग्ने बताए ।

टोयोटाको ‘स्टार्ट योर इम्पोसिबल’ विश्वव्यापी पहल अन्तर्गत नबिताले विश्वका अन्य २०० खेलाडीसँगै टोयोटाको ग्लोबल टिम टोयोटा एथ्लेट (जीटीटीए) को रुपमा सहभागिता जनाउने छिन् । यस अनुसार विभिन्न खेलाडीहरुको रियल–लाइफ मोबिलिटी स्टोरी प्रस्तुत गरिने छ ।

यसबाट महिला सशक्तिकरणमा समेत सहयोग पुग्ने युनाइटेड ट्रेडर्स सिन्डिकेटको भनाइ छ ।

सम्बन्धित समाचारहरू

टोयोटा हाइराइडरका यस्ता छन् ५ विशेषता : जसले एसयूभीलाई बनाएको छ नम्बर १

टोयोटा हाइराइडरका यस्ता छन् ५ विशेषता : जसले एसयूभीलाई बनाएको छ नम्बर १

टोयोटाले चाँडै नै मारुती सुजुकीसँग साझेदारीमा मिड साइज एसयूभी सेगमेन्टमा...

विश्वमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बन्यो टोयोटा, फक्सवागन दोस्रो

विश्वमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बन्यो टोयोटा, फक्सवागन दोस्रो

जापानी कार निर्माता कम्पनी टोयोटा लगातार तेस्रो वर्ष पनि सबैभन्दा धेरै...

नाइमा नेपाल मोबिलिटी एक्सपोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर उपलब्ध हुने

नाइमा नेपाल मोबिलिटी एक्सपोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर उपलब्ध हुने

काठमाडौं – टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले आगामी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...