सवारी साधनबाट कालो धुवाँ निस्क्यो ? यस्तो हुन सक्छ कारण

तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो अवस्थामा वातावरण प्रदूषण गराउनुका साथै सवारी साधन आफैमा पनि समस्याका कारण चलाउन असहज हुन्छ । त्यसैले यसको समाधान गरिहाल्नु आवश्यक हुन्छ ।

यसरी कालो धुवाँ निस्कनुका विभिन्न कारण हुन सक्छन् । ती मध्ये कालो धुवाँको सम्भावित कारणहरू यस प्रकार हुन सक्छन् ।

१. धेरै एयर–फ्युल मिश्रण – सवारी साधन चलाउदा हावा र इन्धनको मिश्रण हुनु आवश्यक हुन्छ । एयर र फ्युल अर्थात हावा र इन्धनको मिश्रण हुँदा इन्धन धेरै भयो भने कालो धुवाँ उत्पादन गर्न सक्छ ।

२. क्लग्ड एयर फिल्टर – फोहोर र टम्म भरिएको एयर फिल्टर एयर फिल्टरले हावाको प्रवाहलाई प्रतिबन्धित गर्दछ, जसले इन्धन र हावाको अनुपातमा असन्तुलन ल्याउँछ र सम्भावित रूपमा कालो धुवाँ निकाल्न सक्छ ।

३. खराब फ्युल इन्जेक्टर – बिग्रिएका वा खराब भएका फ्युल इन्जेक्टरहरुले कम्बसन च्याम्बरमा प्रशस्त मात्रामा इन्धन पु¥याउछन् । यसले गर्दा पनि कालो धुवाँ निस्कन्छ ।

४. फ्युल प्रेसर रेगुलेटरमा समस्या – फ्युल प्रेसर रेगुलेटर बिग्रिएको अवस्थामा उच्च मात्रामा फ्युल प्रेसर उपलब्ध गराउछ र यसले गर्दा पनि कालो धुवाँ निस्कन्छ ।

५. इन्जिन टाइमिङमा समस्या – गलत इग्निसन टाइमिङले कम्बसन प्रक्रियालाई बाधा पुर्याउन सक्छ र कालो धुवाँको उत्पादन गर्न सक्छ ।

६. एक्जस्ट सिस्टममा समस्या – विभिन्न कारणले एक्जस्ट सिस्टममा ब्लकेज भएको कारण पनि कालो धुवाँ निस्कन सक्छ ।

यी विभिन्न कारणले समस्या निम्तिएको हुन सक्छ । यो अवस्थामा आफैले एयर फिल्टर, फ्युल इन्जेक्टर आदि चेक गर्ने तथा फ्युल प्रेसर चेक गर्ने, इग्निसन टाइमिङ र एक्जस्ट सिस्टमको वारेमा पनि जानकारी लिदा राम्रो हुन्छ ।

सम्बन्धित समाचारहरू

जब दश गुणा बढी भाडा लिएकाे थाहा पाएपछि प्रहरी आफैँ यात्रु बनेर बसपार्क पुग्याे…

जब दश गुणा बढी भाडा लिएकाे थाहा पाएपछि प्रहरी आफैँ यात्रु बनेर बसपार्क पुग्याे…

काठमाडौँबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट...

ट्राफिक प्रहरीको २४ घण्टे पूर्जी पाउनु भयो ? कागज पत्र फिर्ता लिन अब के गर्ने ?

ट्राफिक प्रहरीको २४ घण्टे पूर्जी पाउनु भयो ? कागज पत्र फिर्ता लिन अब के गर्ने ?

ट्राफिक नियम उल्लङ्घन गरी जफत गरिएका कागजपत्र फिर्ता लिनका निम्ति जरिवाना...

‘नेपाल राइडर मिट २०२५’ को अवसरमा मनाङमा सार्वजनिक गरियो मोटुल ७१०० १५डब्लु–६०

‘नेपाल राइडर मिट २०२५’ को अवसरमा मनाङमा सार्वजनिक गरियो मोटुल ७१०० १५डब्लु–६०

मोटुल नेपालले मनाङमा आयोजित नेपाल राइडर मिट (एनआरएम) २०२५ को अवसर पारेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...