आज देखि ट्याक्सीमा नयाँ भाडादर : यस्तो हुनेछ नयाँ दर
काठमाडौँ — वाग्मती प्रदेशमा आज देखि ट्याक्सीमा नयाँ भाडादर कार्यान्वयन...
राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम धमाधम भइरहेकाे छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ। करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौँमा चार दशमलव छ, ललितपुरमा ९, मकवानपुरमा ४९ दशमलव ७० र बारामा सात दशमलव छ किलोमिटर पर्दछ।
आयोजनाको कूल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ। आयोजनाको ६ स्थानमा सुरुङमार्ग छन्। सबै सुरुङमार्गको कुल लम्बाई १० दशमलव ५५ किलोमिटर छ।
यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ शून्य दशमलव ३९, चन्द्राम भीर सुरुङ दुई दशमलव २५, महादेवडाँडा सुरुङ तीन दशमलव ३५५, धेद्रे सुरुङ एक दशमलव ६३० तथा लेनडाँडा सुरुङ एक दशमलव ४३० किलोमिटर छ। त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन्।
यसको कुल लम्बाइ १२ दशमलव ८८५ किलोमिटर हुनेछ। बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेञ्ज बन्नेछन्। त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन्।
काठमाडौँ — वाग्मती प्रदेशमा आज देखि ट्याक्सीमा नयाँ भाडादर कार्यान्वयन...
काठमाडौं – काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधानहरूमा...
काठमाडौं – अब १५० सीसी सम्मका मोटरसाइकल समेत आयात गर्न नपाइने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...