यस्तो छ एक पटक चार्जमा २२० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक

भारतीय ईभी निर्माता कम्पनी एमएक्समोटोले मेटल स्ट्रङ्ग एम१६ ई–बाइक सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य १ लाख ९८ हजार भारु तोकेको छ । सो इलेक्ट्रिक बाइकको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टी तथा मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी दिएको छ ।

एम१६ ईभी बाइक सिंगल चार्जमा १६० किलोमिटरदेखि २२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसलाई एक पटक चार्ज गर्दा १.६ युनिट इलेक्ट्रिक खपत हुन्छ । सो ब्याट्री ३ घन्टा भन्दा कम समयममा ० देखि ९० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

एम१६ बाइक एक क्रुजर बाइक हो । यसमा १७ इन्चको ह्विल जडान गरिएको छ । यो हाई परफर्मेन्स मोटरको साथमा उपलब्ध छ । बाइकमा रेगुलर ड्युअल सस्पेन्शन सिस्टम र एडजस्टेबल रेसिङ टाइप सेन्ट्रल सक एब्जर्बर समावेश छ । सो बाइकमा एड्भान्स लिथियम ब्याट्री जडान गरिएको छ ।

एम१६ क्रुजर बाइकमा एलईडी हेडलाइट, ब्रेकिङको लागि ट्रिपल डिस्क ब्रेक सिस्टम उपलब्ध छ । यसमा अल्ट्रासोनिक वेल्डिङ टेक्नोलोजीको साथमा एलईडी डायरेक्शन अलर्ट, कनेक्टिभिटी, क्रुज कन्ट्रोल, रिभर्स असिस्ट, एन्टि स्किड असिस्ट, पार्किङ असिस्ट, अन बोर्ड नेभिगेशन, अन राइड कलिङ र ब्लुटुथ साउन्ड सिस्टम जस्ता फिचर समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक...

दुबई एयर शोमा उड्ने ट्याक्सी प्रदर्शन हुने, १,५०० कम्पनी सहभागी हुने

दुबई एयर शोमा उड्ने ट्याक्सी प्रदर्शन हुने, १,५०० कम्पनी सहभागी हुने

दुबईले आगामी नोभेम्बर १७ देखि २१ सम्म दुबई एयर शो २०२५ आयोजना गर्ने भएको छ ।...

लुम्बिनीमा विद्युतीय बसको विजोग, कतिपयको पांग्रै गायब

लुम्बिनीमा विद्युतीय बसको विजोग, कतिपयको पांग्रै गायब

लुम्बिनी – लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...