४० हजारले बढ्यो हुन्डाई कोना ईभीको मूल्य
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं – बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ ईभी र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकका लागि भ्यालेन्टाइन स्किम लागु गरेको छ । फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन पर्वको अवसरमा सो स्किम उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
यस अन्तर्गत वुलिङ ईभी किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन् ।
वुलिङ ईभी २०० किमी र ३०० किमी रेन्ज दिने गरी दुई भेरिएन्टमा उपलब्ध छ । यी दुई मोडलको मूल्य क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ । इलेक्ट्रिक कार किन्नको लागि काठमाडौंको नक्साल र भैसेपाटी शोरुम जान सकिने छ । गाडीमा ८ वर्षको वारेन्टी पाउन सकिन्छ । साथै, फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको कम्पनीका एजीएम एनके शरदले बताए ।
लेभ्निङ इलेक्ट्रिक स्कुटर नेपालभरिको मुख्य मुख्य सहरमा उपलब्ध छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर १२ फरक मोडलमा उपलब्ध छ, जुन कलेजको विद्यार्थी देखि कार्यालयका कर्मचारी र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट मानिन्छ ।
लेभ्निङ इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु हुन्छ । स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।
कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको कम्पनीको भनाइ छ । यदि कसैलाई स्कुटर वा कार चाहिएमा ९८०२३०८५१२ वा ९८०१००२९८७ मा कल गर्न सकिन्छ ।
यो स्किम निश्चित समय को लागि लागु गरिएको छ । नेपाली बजारमा विगत ३१ वर्ष देखि व्यापारिक घराना बज्र ग्रुपले बिभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ, जसमा स्यानिटरीका आइटम, बाथरुम फिटिङ, अपार्टमेन्ट, मास्क, अटोमोबाइल आदि रहेको छ ।
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
थाइल्यान्डमा नेटा एक्स ईभी लन्च भएको ७२ घण्टामै एक हजार युनिट भन्दा बढी...
काठमाडौं– जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...