२० प्रतिशत डाउनपेमेन्टमै टाटा ईभी किन्न पाइने,भोलिबाट प्रि–बजेट एक्सचेन्ज फेस्ट
काठमाडौं–टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रि...
टाटा मोटर्सले नेक्सन र टियागो ईभीको मुल्य १ लाख २० हजार भारुसम्मले कम गरेको छ । ब्याट्रीको लागत सस्तो परेको भन्दै कम्पनीले ईभीको मूल्य कम गरेको हो । हालसालै लन्च भएको पन्च ईभीमा भने उसले पुरानै मूल्यलाई निरन्तरता दिएको छ ।
कम्पनीले सबैभन्दा कम नेक्सन ईभीको मिडियम रेन्जमा २५ हजार भारु घटाएको छ । यसैगरी सबैभन्दा बढी नेक्सन ईभीको लङ रेन्जमा १ लाख २० हजार र टियागो ईभीमा ७० हजार भारु घटाएको हो । भारतमा मूल्य कम भएपछि नेपाली बजारमा समेत यसको प्रभाव पर्नेछ ।
भारतमा घटेको मूल्यलाई आधार मान्दा नेपालमा नेक्सन ईभी ३ लाखसम्मले सस्तो पर्ने देखिन्छ भने टियागोको १ लाख ५० हजारसम्मले कम हुने अनुमान गर्न सकिन्छ । नेक्सन ईभीको मूल्य नेपाली बजारमा ३९ लाखदेखी ४६ लाख ४९ हजारसम्म कायम गरिएको छ । यस्तै, टियागो ईभीको मुल्य २२ लाखदेखी २८ लाखसम्म निर्धारण गरिएको छ ।
भारतमा यसअघि एमजीले कोमेट ईभीको मूल्य १ लाख ४० हजार भारु सम्मले कम गरेको थियो ।
काठमाडौं–टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रि...
सन् २०२५ महिन्द्रा एण्ड महिन्द्राका लागि ऐतिहासिक वर्ष बनेको छ। कम्पनीले...
टाटा मोटर्स बजार पुँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कार निर्माता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...