टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने
टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...
टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले हाइब्रिड लाइनअपमा नयाँ मोडल थप गरेको छ । यसअघि -याभ फोर र कोरोला क्रस हाइब्रिड बिक्री गर्दै आएको कम्पनीले गत शुक्रबार अर्को नयाँ हाइब्रिड एसयूभी यारिस क्रस लन्च गरेको हो । यसको मूल्य १ करोड २२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
१.५ लिटर फोर सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन रहेको नयाँ एसयूभीमा ४.३ एम्पियर आवरको लिथियम आयोन ब्याट्री प्याक जडान गरिएको छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिन्छ । यारिस क्रसले २६ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।
यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ । साथै यसको ग्राउन्ड क्लिरियन्स २१० एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्चको टायर पाउन सकिन्छ ।
टोयोटाको नयाँ यारिस क्रसमा अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ । पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिएको छ ।
यो नयाँ एसयुभीमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, पार्किङ ब्रेक, अटो होल्ड लगायत फिचर दिइएको छ ।
यो मोडलमा ८ वे पावर इलेक्ट्रीक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, एपल कारप्ले, एन्ड्रोइड अटो र किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ ।
सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी–लक ब्रेकिङ सिस्टम, इमरजेन्सि स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, जस्ता आधुनिक फिचर रहेको छ ।
टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...
पछिल्लो केही दिन यता सञ्चार माध्यममा सबैभन्दा बढी चर्चा गरिएको विषय हो...
अन्ततः लामो समयदेखि प्रतीक्षित टोयोटाको नयाँ इनोभा हाइक्रस एमपीभी भारतमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...