नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

काठमाडौं – नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ । बुधबार एक कार्यक्रमका बिच सो इन्जिन आयल लन्च गरियो । नेपालका लागि आधिकारिक वितरकको रुपमा आदिशक्ति ग्लोबल ट्रेडर्सले सो इन्जिन आयल भित्र्याएको हो ।

किर्लोस्कर आयल इन्जिन्सद्वारा भारतमा उत्पादित किलोस्कर इन्जिन आयल लन्चिङ समारोहमा कम्पनीका प्रतिनिधि तथा नेपाली व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा किर्लोस्कर आयल इन्जिन्सका रिटेल एन्ड डिस्ट्रिब्युसन हेड सुनिल कुमार साहुले इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन आफूहरु प्रतिबद्ध भएको उनले बताए ।

सो अवसरमा किर्लोस्कर आयल इन्जिन्सका जोनल म्यानेजर चिन्मय नायक र नेसनल स्पेयर हेड अर्सित रतुरीले ग्राहकमा आत्म विश्वास जागृत गर्न र ढुक्कका साथ बिक्री पछिको सेवा उपलब्ध गराउन आफूहरु तत्पर रहेको बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का सल्लाहकार माधवप्रसाद पाण्डे र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर अधिकारीले गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको र यस्ता उत्पादनलाई नेपाली व्यवसायी र मेकानिक्सहरुले सदैव स्वागत गर्ने बताए ।

आदिशक्ति ग्लोबल ट्रेडर्सका डाइरेक्टर पुरुषोत्तम पौडेल र बिजनेस हेड खगेन्द्र श्रेष्ठले इन्जिन आयल व्यवसायको लामो अनुभवका आधारमा विश्वकै गुणस्तरीय तथा कहलिएको ब्रान्ड भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै सबै व्यवसायीबाट सहयोगको अपेक्षा गरे ।

भारतको १३५ वर्ष पुरानो प्रतिष्ठित कम्पनीद्वारा उत्पादित किर्लोस्कर ब्रान्डका इन्जिन आयल, गियर आयल, इन्डष्ट्रियल आयल, हाइड्रोलिक आयल, ट्रान्समिसन आयल आदि नेपाली बजारमा उपलब्ध हुनेछन् । टु ह्विलर, फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिन्छ । किर्लोस्करका इन्ट्रा सिरिज, एक्स–होरा आदि बढी लोकप्रिय मोडल हुन् ।

सम्बन्धित समाचारहरू

बुटवलमा मुख्य कार्यालय रहेको लुब्रिकेन्ट लुब्रेक्स र युनिपेट्रो, देशभर विस्तार हुँदै डिलर नेटवर्क

बुटवलमा मुख्य कार्यालय रहेको लुब्रिकेन्ट लुब्रेक्स र युनिपेट्रो, देशभर विस्तार हुँदै डिलर नेटवर्क

नेपाली बजारमा रहेका विभिन्न लुब्रिकेन्ट ब्रान्डको भीडमा दुई ब्रान्ड...

स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो बार्षिक साधरणसभा बैंककमा हुने, बिक्री ३० प्रतिशतले बृद्धि

स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो बार्षिक साधरणसभा बैंककमा हुने, बिक्री ३० प्रतिशतले बृद्धि

काठमाडौं–स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधारणसभा...

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना निर्माण सम्पन्न, पाइप लाइनबाटै पेट्रोल आयात सुरु

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना निर्माण सम्पन्न, पाइप लाइनबाटै पेट्रोल आयात सुरु

काठमाडौं – भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...