एमजी कोमेटको मूल्य १ लाख ४० हजार भारु घट्यो, नेपालमा ३ लाखसम्म सस्तो हुने

एमजीको इन्ट्रि लेबल ईभी कोमेट १ लाख ४० हजार भारुसम्मले सस्तो भएको छ । कम्पनीले भारतमा यसको मूल्य ९९ हजार देखी १ लाख ४० हजार भारुसम्म कम गरेको हो । मूल्य घटेपछि यसको टप स्पेक भेरिएन्ट प्रतिस्पर्धी टाटा टियागो ईभीको बेस भेरिएन्ट भन्दा पनि सस्तो भएको छ ।

कोमेटलाई एमजीले पेस, प्ले र प्लस गरी कुल तीन भेरिएन्टमा उपलब्ध गराउँदै आएको छ । यी तीन भेरिएन्टको मूल्य यसअघि क्रमशः ७ लाख ९८ हजार, ९ लाख २८ हजार र ९ लाख ९८ हजार भारु निर्धारण गरिएको थियो । कोमेटको नयाँ मूल्य क्रमशः ६ लाख ९९ हजार, ७ लाख ८८ हजार र ८ लाख ५८ हजार भारु तोकिएको छ । पेसमा ९९ हजार तथा प्ले र प्लस भेरिएन्टमा १ लाख ४० हजार भारुका दरले मूल्य कम गरिएको हो ।

कोमेट इभीमा एमजीले १७.३ किलोवाट आवरको ब्याट्री प्याक र ३० किलोवाट क्षमताको पिएमएसएम मोटर दिएको छ । यो माइक्रो ईभीले एकपटकको सिंगल चार्जमा २३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कोमेट नेपाली बजारमा समेत बिक्री हुँदै आएको मिनी ईभी हो ।

नेपालमा यसको पेस र प्ले भेरिएन्टमात्र उपलब्ध छ । नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यसको पेस भेरिएन्टलाई १८ लाख र प्लेलाई २१ लाखमा बिक्री गर्दै आएको छ । भारतमा घटेको मूल्यलाई आधार मान्दा नेपालमा पनि यो ईभी ३ लाख सम्मले सस्तो पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

८१ लाख ९९ हजारमा लङ रेन्ज एमजी जेडएस ईभी

८१ लाख ९९ हजारमा लङ रेन्ज एमजी जेडएस ईभी

काठमाडौं – नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ...

एमजीले ल्यायो आफ्नो छुट्टै चार्जिङ एप, यस्ता छन् विशेषता

एमजीले ल्यायो आफ्नो छुट्टै चार्जिङ एप, यस्ता छन् विशेषता

काठमाडौं– एमजि गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

पारमाउन्ट मोटर्सले थप्यो एक्सचेन्ज क्याम्पको अवधी, २८ गतेसम्म सञ्चालन हुने

पारमाउन्ट मोटर्सले थप्यो एक्सचेन्ज क्याम्पको अवधी, २८ गतेसम्म सञ्चालन हुने

काठमाडौं – पारमाउन्ट मोटर्सले आयोजना गरेको मल्टिब्रान्ड ‘एक्सचेन्ज एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...