१५५ सीसीमा अर्को नयाँ म्याक्सि स्कुटर ल्याउँदै यामाहा

म्याक्सि स्कुटर एरोक्स १५५ बिक्री गर्दै आएको यामाहाले अर्को नयाँ मोडल लन्च गर्ने भएको छ । कम्पनीले एरोक्स १५५ मै आधारित नयाँ स्कुटर एनम्याक्स १५५ लन्च गर्न लागेको हो । उक्त स्कुटरलाई यामाहाले हालै सम्पन्न भारत मोबिलिटी शोमा सोकेस गरेको थियो ।

यसै वर्षको अन्त्यसम्म लन्च भइसक्ने अनुमान गरिएको सो नयाँ स्कुटरमा स्पोर्टी लुक दिइएको छ । यसमा डुअल हेडल्याम्प र एकीकृत विन्डस्क्रिनको साथ अगाडि ठूलो फेयरिङ पाउन सकिन्छ । आरमदायी यात्राका लागि यसमा वान स्टेप सिट दिइएको छ ।

सो नयाँ स्कुटरमा यामाहाको माई राइड एप सपोर्ट गर्ने पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ यसले इमेल, कल र टेक्स्ट अलर्टका साथै स्मार्टफोनको ब्याट्री लेभल जस्ता सुविधाहरूको साथ ब्लुटुथ कनेक्टिभिटी सपोर्ट गर्दछ ।

एरोक्स १५५ कै १५५ सीसी एकल–सिलिन्डर इन्जिन दिइएको यो स्कुटरको पावर १५ बीएचपी र टर्क १४ एनएम छ । साथै यसमा स्टार्ट÷स्टप फंक्सन समेत पाउन सकिन्छ । स्कुटरको इन्जिन भि–बेल्ट अटोमेटिक गियर बक्ससँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

रिकन्डिसनमा सर्बाधिक खोजी हुने मोटरसाइकलमा यामाहा एफजीले उछिन्यो बजाज पल्सरलाई

रिकन्डिसनमा सर्बाधिक खोजी हुने मोटरसाइकलमा यामाहा एफजीले उछिन्यो बजाज पल्सरलाई

बजाज र यामाहाका मोटरसाइकल नेपाली बजारमा सर्बाधिक बिक्री हुने ब्रान्डमा...

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च गरेको छ । सो मोडल...

यामाहाका यी मोटरसाइकल र स्कुटरमा बढ्यो मूल्य

यामाहाका यी मोटरसाइकल र स्कुटरमा बढ्यो मूल्य

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...