नयाँ लुक र प्रविधिसहित होन्डाको नयाँ डियो १२५
होन्डाले नयाँ डियो १२५ स्कुटर भारतीय बजारमा लन्च गरेको छ। सो स्कुटर आकर्षक...
रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । नयाँ मोटरसाइकलको प्याटेन्ट डिजाइन दर्ता गरेर कम्पनीले यसबारे छनक दिएको हो ।कम्पनीले दायर गरेको डिजाइन पेटेन्टले नयाँ मोडल सीबी ३५० मा आधारित हुने देखिएको छ ।
सीबी ३५० मा आधारित हुने हुँदा सो नयाँ मोटरसाइकलको आधारभुत फिचर र मेकानिकल सेटअपमा समानता पाइने अनुमान गरिएको छ । प्याटेन्ट डिजाइनमा देखाइएको तस्विर अनुसार सो बाइकमा अफरोड सस्पेन्सन सहित अगाडि टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक पाउन सकिनेछ । बाइकमा अग्लो विन्डस्क्रिन, गोलाकार हेडल्याम्प र अगाडि फेयरिङ पाउन उपलब्ध हुनेछ ।
सो नयाँ एड्भेन्चर बाइक सीबी ३५० जस्तै ३४९ सीसी सिंगल सिलिन्डर इन्जिनद्वारा संचालित हुने सम्भावना छ । बाइकको पावर २१ बीएचपी र टर्क ३० एनएम रहनेछ भने असिस्ट र स्लिपर क्लचमार्फत ५–स्पीड गियरबक्ससँग जोडिएको हुनेछ ।
होन्डाले नयाँ डियो १२५ स्कुटर भारतीय बजारमा लन्च गरेको छ। सो स्कुटर आकर्षक...
काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको...
काठमाडौं – होन्डाका धेरै मोडलका मोटरसाइकल नेपाली बजारमा लोकप्रिय छन् । ती...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...