सेफ्टी ड्राइभिङ र कनेक्टिभिटीका लागि गुगल एन्ड्रोइड अटोमा एआई फिचर समावेश हुने

गुगलले सेफ्टी ड्राइभिङका लागि एन्ड्रोइड अटोमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचर प्रस्तुत गरेको छ । गुगलले सो टेक्नोलोजी यही वर्ष लन्च गर्ने तयारी गरिरहेको छ । यी नयाँ फिचरले चालकलाई उत्कृष्ट ड्राइभिङ अनुभव दिने विश्वास गरेको छ ।

नेभिगेसनलाई सजिलो बनाउन गुगलले एक–ट्याप सुविधा पनि ल्याइरहेको छ । जसले प्रयोगकर्तालाई गुगल म्यापमा म्यानुअल रूपमा नभई द्रुत रूपमा नेभिगेट गर्न सक्छ । एन्ड्रोइड अटो फोनको सबै आवश्यक, कार कस्टमाइड फिचरको प्रयोग गर्न कारको सेन्ट्रल डिस्प्लेमा अगाडि र सेन्ट्रलमा राख्न डिजाइन गरिएको हो ।

गुगलले एन्ड्रोइड अटो अपडेट मार्फत कार चालकको अनुभव सुधार गर्ने प्रयास गरिरहेको छ । कार ड्राइभ गर्दा लगातार आउने लामो टेक्स्टिङलाई एन्ड्रोइड अटोले अटोमेटिक रुपमा संक्षेपमा प्राप्त गर्न सकिनेछ । यसको मद्दतले चालकले आफ्नो फोन उठाइकन आफ्ना सन्देश प्राप्त गर्न सकिने छ ।

साथै एन्ड्रोइड अटोले आफ्नो गन्तव्यमा पुग्दा ब्याट्रीको स्तर जस्ता महत्वपूर्ण जानकारी, सिस्टम रुटको साथै चार्जिङ स्टपको सुझाव र चार्जिङको लागि कति समय लाग्छ भन्ने जानकारी पनि प्राप्त गर्न सकिनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...