ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप

सन् २०२७ देखि युरोपेली संघमा आबद्ध देशहरूमा बिक्री हुने सबै विद्युतीय सवारीसाधनमा ‘ब्याट्री पासपोर्ट’ लागु हुने भएको छ ।

रिपोर्टका अनुसार विद्युतीय सवारी साधनहरूको ब्याट्री पासपोर्टले ब्याट्री प्याकको आपूर्ति श्रृंखला, स्रोतहरू र प्रयोग गरिएका कच्चा पदार्थहरूको बारेमा विवरणहरू प्रदान गर्नुपर्नेछ । यद्यपी ब्याट्री पासपोर्टमा समावेश हुनु पर्ने सही जानकारीको पुष्टि भने हुन बाँकी नै रहेको सो रिपोर्टमा उल्लेख गरिएको छ ।

ब्याट्री पासपोर्टलाई कडाईका साथ लागु गर्न छुट्टै नियामक निकाय ब्याट्री पास कन्सोर्टियम स्थापना समेत गरिएको छ । ब्याट्री राहदानी निर्माताले प्राविधिक नेतृत्वको रूपमा सेवा गर्ने र कार्यक्रम जर्मनीको आर्थिक मामिला र जलवायु कार्यको संघीय मन्त्रालय मातहत रहने जनाइएको छ । । मन्त्रालयले बीएमडब्लू र औडी जस्ता केही कार निर्माताहरूसँग पनि साझेदारी गरेको छ ।

हालको प्रस्ताव अनुसार राहदानीमा ९० वटा सूचनाहरू सात भागमा फैलिएको हुनेछ । जसमा, ब्याट्री र निर्माताबारे जानकारी, अनुपालन, प्रमाणीकरण र लेबलहरू, ब्याट्री कार्बन फुटप्रिन्ट, आपूर्ति श्रृंखला, ब्याट्री सामग्री र संरचना, सर्कुलरिटी एबं संसाधन दक्षता र प्रदर्शन तथा स्थायित्व सामेल हुनेछन् । प्रत्येक पासपोर्टको लागि प्रति ब्याट्री ७.६० देखि १३.९० डलरसम्म खर्च हुने जनाइएको छ ।

ब्याट्री पासपोर्ट लागु भएपछि ब्याट्रीको ब्यवस्थापन गर्न सहज हुनुको साथै उपभोक्ताले आफ्नो ईभीमा कुन गुणस्तरको ब्याट्री प्रयोग भएको छ भनेर जानकारी पाउन समेत सहज हुने अपेक्षा राखिएको छ ।

सम्बन्धित समाचारहरू

प्रियंका रानी जोशी बनिन् एमजी एस५ ईभीको ब्रान्ड एम्ब्यासडर

प्रियंका रानी जोशी बनिन् एमजी एस५ ईभीको ब्रान्ड एम्ब्यासडर

काठमाडौं– एमजी (मोरिस गराजेज) को नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट...

पावर नघटाई नेपाल आएको प्रोटोन ईमास ७ चर्चामा, मूल्य र विशेषतामा यस्ता छन् अन्य प्रतिस्पर्धी

पावर नघटाई नेपाल आएको प्रोटोन ईमास ७ चर्चामा, मूल्य र विशेषतामा यस्ता छन् अन्य प्रतिस्पर्धी

मोटर क्षमताका आधारमा कर निर्धारण हुने प्रावधानसँगै अधिकांश विद्युतीय...

नेपालीको ईभी मोह : ३ दिन लगातार ३ नयाँ गाडी सार्वजनिक

नेपालीको ईभी मोह : ३ दिन लगातार ३ नयाँ गाडी सार्वजनिक

काठमाडौं– नेपालको अटोमोबाईल बजार अहिले पूर्णत ईभीमय बनेको छ । गाडी क्रेता,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...