एथरले नयाँ इलेक्ट्रिक स्कुटर ‘रिज्टा’ ल्याउने, टिजर भिडियो सार्वजनिक

इलेक्ट्रिक स्कुटर सेगमेन्टमा राम्रो चर्चा कमाएको कम्पनी एथर अहिले पनि नयाँ इलेक्ट्रिक स्कुटरमा काम गरिरहेको छ । कम्पनीले यसलाई एथर रिज्टा नाम दिएको छ । कम्पनीले सो स्कुटरको टिजर भिडियो सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको टिजर भिडियोका अनुसार सो इलेक्ट्रिक स्कुटर चाँडै नै भारतीय बजारमा लन्च हुने सम्भावना रहेको छ । भिडियो अनुसार एथर रिज्टाको डेलिभरी आगामी ६ महिनाभित्र सुरु हुने स्पष्ट छ ।

उक्त भिडियो सेयर गर्दै कम्पनीले सो स्कुटरमा आरामदायक ड्राइभिङ र सुरक्षालाई प्राथमिकता दिएको स्पष्ट पारेको छ । आगामी रिज्टा स्कुटरले गुणस्तर र विश्वसनीयताका हिसाबले ग्राहकको अपेक्षा पूरा गर्नेछ ।

एथर रिज्टाको लन्च मितिको बारेमा कुनै जानकारी दिइएको छैन । रिपोर्टका अनुसार सो स्कुटर आगामी महिना भारतमा लन्च हुने अपेक्षा गरिएको छ ।

टिजर भिडियोमा यसलाई फराकिलो बडी स्ट्रक्चरमा देखाइएको छ, जसको अर्थ यसमा सिटको साइज ठूलो हुनेछ । सो स्कुटर पूर्ण रूपमा नयाँ प्लेटफर्ममा निर्माण गरिने अनुमान गरिएको छ ।

नेपाली बजारमा पनि हालै मात्र एथर स्कुटर ब्रान्ड भित्रिएको छ । नेपाली बजारमा बैद्य अर्गनाइजेसन अन्तर्गत बैद्य इनर्जीले एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा हाल एथर ४५० एक्स इलेक्ट्रिक स्कुटर बिक्रीका लागि उपलब्ध छ ।

भारतीय बजारमा लन्च भए पश्चात एथर रिज्टा पनि नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा सार्वजनिक भयो बीवाईडीको बहुप्रतीक्षित कार एट्टो३

नेपाली बजारमा सार्वजनिक भयो बीवाईडीको बहुप्रतीक्षित कार एट्टो३

काठमाडौं – नेपाली बजारमा बीवाईडीको बहुप्रतीक्षित इलेक्ट्रिक कार एट्टो३...

क्याबिन बिनाको अटोनोमस ट्रक सार्वजनिक

क्याबिन बिनाको अटोनोमस ट्रक सार्वजनिक

बेइजिङ अटो शो २०२६ मा चीनको एक कम्पनीले क्याबिन बिनाको अत्याधुनिक ट्रक...

महिन्द्राको नयाँ इलेक्ट्रिक फ्ल्यागशिप एसयूभी एक्सईभी ९एस नोभेम्बर २७ मा सार्वजनिक हुँदै

महिन्द्राको नयाँ इलेक्ट्रिक फ्ल्यागशिप एसयूभी एक्सईभी ९एस नोभेम्बर २७ मा सार्वजनिक हुँदै

महिन्द्राले नोभेम्बर २७ मा भारतको आयोजना हुने ‘स्क्रिम इलेक्ट्रिक’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...