सितापाइलामा खुल्यो जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन

काठमाडौं – जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले सितापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ गरेको छ । जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रम बीच शोरुमको समुदघाटन गरे ।

उक्त अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ लगायत विभिन्न अटोमोबाइल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

‘माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन’ को नामबाट संचालित शोरुममा जेके टायरका सबै किसिमका हेभी इक्विपमेन्ट, कन्स्ट्रक्सन तथा इन्डष्ट्रीमा प्रयोग हुने टायरहरु उपलब्ध हुने जनाइएको छ । हेभी इक्विपमेन्ट तथा मेसिनमा प्रयोग अनुसारको टायर परामर्श, क्लेम सेटलमेन्ट तथा आफ्टर सेल्स सर्भिस उपलब्ध हुने जेके ओटीआरका जोनल हेड शुभम प्रसादले जानकारी दिए ।

नेपाल तथा दक्षिण एसियाकै जेकेको पहिलो एक्सक्लुसिभ ओटीआर शोरुम भएको र यसले सबै मेसिन तथा इक्विपमेन्ट टायरको बढ्दो माग पुरा गर्ने जानकारी डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका डाइरेक्टर विक्रम सिंघानियाले दिए ।

अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन् । कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायरदेखि भारतको सबैभन्दा ठूलो ४०.००–५७ साइज, करिव ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ ।

जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो । हाल यसका भारतमा ९ र मेक्सिकोमा ३ गरी १२ प्लान्ट छन्, जसमार्फत वार्षिक रुपमा ३ करोड ५० लाख युनिट भन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिष्ट्रिब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ ।

सम्बन्धित समाचारहरू

ट्युबलेस टायरलाई प्रतिस्थापन गर्न एयरलेस टायर आउँदै, एयरलेस टायरमा के छ खास विशेषता ?

ट्युबलेस टायरलाई प्रतिस्थापन गर्न एयरलेस टायर आउँदै, एयरलेस टायरमा के छ खास विशेषता ?

टायर उद्योगमा नयाँ क्रान्ति आएको छ। अहिले ट्युब टायर र ट्युबलेस टायरको...

अब शेर्पा ब्रान्डको एग्रिकल्चर टायर नेपालमा, नेपाली टायर उद्योगको यस्तो छ अन्य योजना

अब शेर्पा ब्रान्डको एग्रिकल्चर टायर नेपालमा, नेपाली टायर उद्योगको यस्तो छ अन्य योजना

निजी लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योगको रुपमा वि.सं....

सौराहामा सम्पन्न भयो नेपालमै उत्पादित डेल्टा मोटरसाइकल टायरको डिलर मिट

सौराहामा सम्पन्न भयो नेपालमै उत्पादित डेल्टा मोटरसाइकल टायरको डिलर मिट

चितवनको सौराहामा डेल्टा मोटरसाइकल टायरको देशभरका डिलरहरुको भेला सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...