११ लाख भारुमा लन्च भयो क्रेटा फेसलिफ्ट, तीन इन्जिन बिकल्प र ७ ट्रिममा उपलब्ध हुने

हुन्डाईले आधिकारिक रूपमा भारतमा क्रेटा फेसलिफ्ट सार्वजनिक गरेको छ । रेगुलर क्रेटालाई अपडेट गरी ल्याइएको सो नयाँ एसयूभीको सुरुवाती मूल्य ११ लाख भारु निर्धारण गरिएको छ भने सबैभन्दा महंगो भेरिएन्ट टर्बो पेट्रोललाई २० लाख तोकिएको छ । नयाँ क्रेटा डिजेल, पेट्रेल र टर्वो पेट्रोल इन्जिन पवारट्रेनका साथ ७ ट्रिममा आएको हो ।

एल आकारको एलईडी डेटाइम रनिङ लाइट र बम्परमा राखिएको आयताकार एलईडी हेडल्याम्पसहितको आयताकार ग्रिलले यसको फ्रन्ट फेसियलाई निकै स्पोर्टी र आकर्षक देखाएको छ ।

साइड प्रोफाइलमा खासै परिवर्तन गरिएको छैन भने नयाँ एल आकारको एलईडी लाइट बारको साथ पुनः डिजाइन गरिएको रियर फेसिया दिइएको छ । सिल्भर फक्स स्किड प्लेट र नयाँ डिजाइनको डायमण्ड–कट एलोय ह्वीलसहित पुनः डिजाइन गरिएको बम्परहरू यसमा पाउन सकिन्छ ।

पूर्ण रूपमा सुधारिएको इन्टेरियरका साथै यसको क्याविनमा इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका लागि डुअल १०.२५ इन्च स्क्रिन रहेको छ । पूर्णत नयाँ सेन्टर कन्सोल जडान भएर आउको नयाँ क्रेटामा डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम रहेको छ ।

क्रेटामा ८–वे पावर एडजस्टेबल ड्राइभर सिट, लेदरको अपहोल्स्ट्रीमा बेरिएको भेन्टिलेटेड फ्रन्ट सिट, टु स्टेप रिक्लाइनिङ रियर सिट, र रियर सिट हेडरेस्ट कुसनहरू दिइएको छ । अन्य सुविधाहरूमा आवजमार्फत ै खोल्न र बन्द गर्न सकिने पानोरामिक सनरुफ, रिडिङ ल्याम्प र रियर सेन्टर आर्मरेस्ट समावेश छ ।

एडास फिचर अन्तर्गत यसमा लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता सुविधाहरू समावेश छन् ।

साथै यसमा ६ वटा एयरब्याग, चारै पाङ्ग्रामा डिस्क ब्रेक, ईएसी, भीएसम, हिल–स्टार्ट असिस्ट कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिसटम लगायत अन्य थुप्रै सेफ्टि फिचर दिइएको छ ।

यसमा जडान गरिएको १.५ लिटर पेट्रोल इन्जिनले ११३ एचपी र १४४ एनएम टर्क जेनेरेट गर्दछ भने १.५ लिटर डिजेल इन्जिनले ११४ बीएचपी पावरको साथै २५० एनएम टर्क जेनेरेट गर्ने सामथ्र्य राख्दछ । यसैगरी १.५ लिटर टर्बो पेट्रोलको पावर १५८ विएचपी तथा टर्क २५३ एनएम रहेको छ ।

नयाँ क्रेटामा ६ स्पिड म्यानुल, ६ स्पिड अटोमेटिक, सिभीटी र ७ स्पिड डुअल क्लच अटोमेटिक गरी कुल ४ वटा ट्रान्समिनसको विकल्प दिइएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...

अव विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने, हुन्डाईले ल्यायो अफर

अव विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने, हुन्डाईले ल्यायो अफर

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

टाटा ईभीसंग प्रतिस्पर्धा गर्न हुन्डाईले तीन नयाँ मोडल ल्याउँदै

टाटा ईभीसंग प्रतिस्पर्धा गर्न हुन्डाईले तीन नयाँ मोडल ल्याउँदै

हुन्डाईले बहुप्रतिक्षित क्रेटा इलेक्ट्रिकको लन्चसंगै ईभी सेग्मेन्टमा थप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...