नेपालमा बिक्री भयो १ लाख यूनिट टिभिएस एनटर्क, यस्तो छ ६ वटै भेरिएन्टको मूल्य

काठमाडौं– टीभीएसको सर्बाधिक लोकप्रिय स्कुटर एनटर्कले नेपाली बजारमा १ लाख यूनिट बिक्रीको माइलस्टोन पुरा गरेको छ । सन् २०१८ को नाडा अटो शोमार्फत लन्च भएको एनटर्क ५ वर्षभित्र १ लाख युनिट बिक्री भएको हो । नेपालमा बिक्री सुरु भएपछि यसले टीभीएस ब्राण्डमा सर्बाधिक बिक्री हुने मोडलका रुपमा आफ्नो पहिचान बनाउँदै लगेको छ ।

पाँच वर्षअघि बीएस४ इन्जिनमा एउटा मात्रै भेरिएन्ट उपलब्ध रहेकोमा अहिले यसको बीएस४ र बीएस६ इन्जिनमा ६ वटा भेरिएन्ट उपलब्ध छ । साथै पाँच वर्षअघि २ लाख २५ हजारमा लन्च भएको यसको मूल्य अहिले सबैभन्दा सस्तो भेरिएन्टकै २ लाख ३५ हजार ९०० रुपैयाँ पुगेको छ भने महंगो भेरिएन्टलाई ३ लाख २० हजार ९०० पर्छ ।

नेपालमा लन्च भएदेखी नै १२५ सीसी सेग्मेन्टमा बजारको नेतृत्व लिन सफल यो स्कुटरको लुक्स र पर्फमेन्सलाई राइडरले अत्याधिक मात्रामा रुचाउँदै आएका छन् । कोभीड महामारीको समयमा प्रतिस्पर्धी ब्राण्डसंग पर्याप्त स्टक नहुँदा एनटर्कले एकछत्र नै बजार लिएको थियो ।

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एनर्टको ६ वटा भेरिएन्ट उपलब्ध गराउँदै आएको छ । जसमध्ये सबैभन्दा सस्तो भेरिएन्ट बीएस४ स्ट्यान्डर्ड(ड्रम) को २ लाख ३५ हजार ९०० निर्धारण गरिएको छ भने यसकै डिस्क भेरिएन्टलाई २ लाख ६९ हजार ९०० पर्छ ।

यसैगरी बाँकी भेरिएन्टमा रेस एडिसन–बीए४ को २ लाख ७९ हजार ९००, सुपर स्क्वाड एडिसन–बीएस४ लाई २ लाख ८४ हजार ९०० र रेस एडिसन आरटीएफआई–बीएस६ को ३ लाख ५ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ भने रेस एक्सपी आरटीएफआई–बीएस६ लाई कम्पनीले ३ लाख २० हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

क्याप्टेन अमेरिका संस्करणमा आयो टीभीएस एनटर्क, मूल्य कति ?

क्याप्टेन अमेरिका संस्करणमा आयो टीभीएस एनटर्क, मूल्य कति ?

टीभीएसले आफ्नो लोकप्रिय स्कुटर एनटर्क १२५ को नयाँ संस्करण लन्च गरेको छ ।...

१० हजारले बढ्यो टीभीएस रोनिनको मूल्य, यस्तो छ सबै मोडलको नयाँ मूल्य सूची

१० हजारले बढ्यो टीभीएस रोनिनको मूल्य, यस्तो छ सबै मोडलको नयाँ मूल्य सूची

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

अब नेपाली बजारमा २.२ किलोवाट आवर भेरिएन्टको टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, मूल्य पनि कम

अब नेपाली बजारमा २.२ किलोवाट आवर भेरिएन्टको टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, मूल्य पनि कम

काठमाडौं – नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...