२०२४ हुन्डाई क्रेटा फेसलिफ्ट : के छ अपडेट ?

हुन्डाई मोटर इन्डियाले २०२४ हुन्डाई क्रेटा लन्च गरेको छ । नयाँ क्रेटाको प्रारम्भिक मूल्य ११ लाख भारु छ र यो सात भेरिएन्टमा उपलब्ध छ । कारको एक्सटेरियरका साथै इन्टेरियरमा पनि धेरै परिवर्तन गरिएको छ ।

सो एसयूभीको बुकिङ सुरु भैसकेको छ । यसको लागि अनलाइन वा नजिकको डिलरसिपमा गएर २५ हजार भारुमा बुक गर्न सकिन्छ ।

२०२४ हुन्डाई क्रेटाको अगाडिको ग्रिल अपडेट गरिएको छ, साथै डीआरएल र स्किड प्लेट पनि समावेश गरेको छ । सो एसयूभीको अलोय ह्विल, पछाडि स्ट्रेच्ड एलईडी लाइट र टेल लाइट पनि अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि र पछाडि टर्न इन्डिकेटर पनि जडान गरिएको छ । सो एसयूभी ६ रङको विकल्पमा उपलब्ध छ ।

सेफ्टीका लागि सो एसयूभीमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल समावेश छ । इन्टेरियरमा इन्फोटेनमेन्ट सिस्टमका लागि इन्स्ट्रयुमेन्ट क्लस्टर र ट्विन १०–२५ इन्च स्क्रिनका साथै ड्युअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, मल्टी कलर एम्बियन्ट लाइटिङ, बोस साउन्ड सिस्टम, ब्लु लिंक कनेक्टेड कार टेक्नोलोजी पनि समावेश छ ।

नयाँ क्रेटामा १.५ लिटर एमपीआई पेट्रोल मोटर र १.५ लिटर सीआरडीआई डिजेल इन्जिन जडान गरिएको छ । साथै यसमा अब १.५ लिटर टर्बो पेट्रोल इन्जिनमा पनि उपलब्ध छ, जसमा ७ स्पिड डीसीटी युनिटसँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ २०२२ हुन्डाई भेन्यु फेसलिफ्टको इन्टेरियर, इन्जिन र फिचर

यस्तो हुनेछ २०२२ हुन्डाई भेन्यु फेसलिफ्टको इन्टेरियर, इन्जिन र फिचर

हुन्डाई मोटर इन्डियाले जुन १६, २०२२ मा फेसलिफ्ट भेन्यु लन्च गर्ने योजना...

हुन्डाईको सबै कारमा अव ६ वटा एयरब्याग

हुन्डाईको सबै कारमा अव ६ वटा एयरब्याग

हुन्डाई इन्डियाले आफ्नो सबै मोडलमा ६ वटा एयरब्याग अनिबार्य गर्ने उद्घोष...

सार्वजनिक भयो हुन्डाईको आकर्षक स्पोर्टी कार आई२० एन लाइन, बुकिङ सुरु

सार्वजनिक भयो हुन्डाईको आकर्षक स्पोर्टी कार आई२० एन लाइन, बुकिङ सुरु

हुन्डाईले मंगलबार भारतमा नयाँ कार हुन्डाई आई२० एन लाइन आधिकारिक रुपममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...