रोयल इनफिल्ड हिमालयन ४४० भारतमा लन्च, १० वर्षपछि फर्कियो पुरानो डिजाइनको नयाँ अवतार
काठमाडौं–रोयल इनफिल्डले नयाँ हिमालयन ४४० लन्च गरेको छ । कम्पनीले हिमालयन...
निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इन्फिल्ड’ को नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले #Inspire_Inclusion भन्ने मुल नाराका साथ ‘रोयल इन्फिल्ड लेडी राइड’ कार्यक्रम आयोजना गरेको छ ।
सो राइडमा २२ विभिन्न मोडलका रोयल इन्फिल्डका मोटरसाइकलमा लेडी बाइकर्स सहभागी भएका थिए।
सो कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा जनचेतना, सिष्टमेटिक राइडको प्रवद्र्धन, विमेन इम्पावरमेन्ट इन्स्पायर इन्क्लुजन र टु ह्विल राइड टुरिजम प्रवद्र्धन गर्नु रहेको अल्फा अटोमोटिभले बताएको छ ।

गत शनिबार बिहान ८ः३० बजे रोयल इन्फिल्डको शोरूम टेकुबाट सुरु भएको सो राइड त्रिपुरेश्वर, न्युरोड गेट, जमल, दरबारमार्ग, कमलपोखरी, कालोपुल, गौशाला,, चावहिल, बौद्ध, जोरपाटी हुदै ग्रान्ड नोरलिङ रिर्सोट गोकर्ण सम्मको रहेको थियो ।
नोरलिङ रिसोटमा लेडी राइडर्स बिच बाइक पुश कम्पिटिसन, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसन र म्युजिकल चियर कम्पिटिसन गेम भएको थियो । यी मध्ये बाइक पुश कम्पिटिसनको बिजेता प्रशंसा थापा, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसनका बिजेता श्रृजना भट्ट र म्युजिकल चियर कम्पिटिसन गेमका बिजेता बर्षा कार्की रहेका थिए ।
सहभागी एवं विजेतालाई सहभागिताको प्रमाणपत्र र रोयल इन्फिल्डको ग्राफिटी हेल्मेट, रोयल इन्फिल्डको राइडिङ पन्जा, पासपोर्ट होल्डर आदि प्रदान गरिएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...