हुन्डाईले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउँदै, सन् २०२७ सम्म लन्च हुने सम्भावना
हुन्डाईले विकास गरिरहेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी पछिल्ला केही...
हुन्डाईले आफ्नो नयाँ एयर ट्याक्सी मोडलको प्रोटोटाइप एस–ए२ संसारको सबैभन्दा लोकप्रिय टेक्नोलोजी शो सीईएस २०२४ मा सार्वजनिक गरेको छ । विश्वभर ट्राफिक समस्या बढ्दै गएको अवस्थामा इलेक्ट्रिक एयर ट्याक्सी महत्वपूर्ण सावित हुने कम्पनीले जनाएको छ ।
सो एयर ट्याक्सी हुन्डाईको अमेरिकास्थित एयर ट्याक्सी युनिट सुपरनलले विकास गरेको हो । एस–ए२ इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङको प्रोडक्टको अवधारणा प्रदर्शन गर्दै कम्पनीले सो प्रोडक्ट सन् २०२८ सम्ममा तयारी हुने बताएको छ ।
हुन्डाईको एस–ए२ भी–टेल विमान हो, जुन १५०० फिटको उचाइमा १२० माइल प्रतिघन्टाको गतिमा उड्न सक्छ । यसमा उत्कृष्ट ब्याट्री प्याक छ, जसको मद्दतले यो ट्याक्सीले २५ देखि ४० माइलको दूरी तय गर्न सक्छ । यसमा ४ जना बस्न सक्छन् । कम्पनीका अनुसार सो विमानले निकै कम आवाज निकाल्छ ।
यसमा डिस्ट्रिब्युट इलेक्ट्रिक प्रोपल्सन आर्किटेक्चरको सुविधा दिइएको छ र यसमा आठ ओल–टिल्टिङ रोटर पनि समावेश छ, जसले सवारीलाई भर्टिकल लिफ्ट र होरिजन्टल क्रुज दुवै स्टेजमा पियरलेस एफिसियन्सीको साथमा पावर प्रदान गर्छ ।
यसको लागि सुपरनलको इन्जिनियरिङ टोलीले हुन्डाई मोटर ग्रुपको अटोमोटिभ डिजाइनरसँग साझेदारी गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...