रोयल इन्फिल्डले भारतमा ८ वर्ष भित्र ३ हजार करोड भारु लगानी गर्ने घोषणा, नेपालमा एसेम्बलिङ गर्दै

रोयल इन्फिल्डले ८ वर्षको अवधिमा भारतमा करिब ३ हजार करोड लगानी गर्ने घोषणा गरेको छ । यसको लागि कम्पनीले तमिलनाडु सरकारसँग सम्झौता गरेको छ ।

यो लगानी मुख्यतया नयाँ प्रोडक्ट्स, ईभीको विकास र आईसीई मोडलका लागि प्रयोग गरिने छ । यसबाट करिब २ हजार जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजना हुने अपेक्षा गरिएको छ ।

रोयल इन्फिल्डको यो भारतमा तेस्रो म्यानुफ्याक्चरिङ कम्पनी हुनेछ । रोयल इन्फिल्डसँग पहिले नै ओरागाडम र भल्लम वडागलमा म्यानुफ्याक्चरिङको सुविधा छ, जहाँ कम्पनीको बाइक उत्पादन भइरहेको छ ।

उक्त लगानीबाट यस क्षेत्रमा ग्रीनफिल्ड र ब्राउनफिल्ड परियोजना स्थापना गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

रोयल एनफिल्ड सीईओ बी गोविन्दराजनले तमिलनाडु हाम्रो घर हो, हाम्रो ईन्जिनियरिङ, प्राविधिक र निर्माण फाउन्डेशनको लागि आधार हो । तमिलनाडुमा यो रणनीतिले रोयल इन्फिल्ड एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने जानकारी दिएका छन् ।

नेपालमा पनि रोयल इन्फिल्डको आधिकारिक बिक्रेताको रुपमा अल्फा अटोमोटिभले कार्य गरिरहेको छ । नेपालमै बाइक एसेम्बल गरेर पछिल्लो समयमा अल्फा अटोमोटिभले ग्राहकको मन जितिरहेको र राम्रो कारोबार गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड मोटोभर्स २०२३ को लागि रजिस्ट्रेशन सुरु, के हो मोटोभर्स ?

रोयल इन्फिल्ड मोटोभर्स २०२३ को लागि रजिस्ट्रेशन सुरु, के हो मोटोभर्स ?

रोयल इन्फिल्ड राइडरका लागि खुसीको खबर आएको छ । रोयल इन्फिल्डले आफ्नो...

२६ वर्ष पछि भारतीय सडकमा गुड्दै छन् येज्दी ब्रान्डका बाइक

२६ वर्ष पछि भारतीय सडकमा गुड्दै छन् येज्दी ब्रान्डका बाइक

भारतीय सडकमा येज्दी बाइक पुन देखिने भएको छ । महिन्द्रा ग्रुपको कम्पनी...

गाडी र मोटरसाइकलको डिलरसिप खोस्न होडबाजी, ११ बर्षमा खोसिए ११ ब्रान्डको डिलरसिप

गाडी र मोटरसाइकलको डिलरसिप खोस्न होडबाजी, ११ बर्षमा खोसिए ११ ब्रान्डको डिलरसिप

गाडी र मोटरसाइकलको कारोबारमा नयाँ ठूला व्यवसायीक घरनाको रुची बढ्न थालेपछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...