डिलरशिपमा पुग्न थाल्यो क्रेटा फेसलिफ्ट, ८ दिनपछि लन्च हुँदै

हुन्डाईले अपडेटेड क्रेटालाई भारतभरका डिलरशिपहरूमा पठाउन थालेको छ । अवको ८ दिनपछि अर्थात जनवरी १६ मा लन्च हुने तय भएको क्रेटा फेसलिफ्टलाई कम्पनीले यसअघि नै बुकिङ खुला गरिसकेको छ ।

डिलरशिपमा पुग्न थालेपछि यसको एक्सटेरियरबारे सम्पूर्ण जानकारी बाहिर आएको छ । हुन्डाईले सो नयाँ एसयूभीको फ्रन्ट फेसियालाई पूर्ण रूपमा रिडिजाइन गरेको छ । यसमा अब एल आकारको एलईडी डेटाइम रनिङ लाइटहरू र ठाडो स्ट्याक्ड हेडल्याम्प एकाइहरू सहितको आयताकार क्रोम ग्रिल दिइएको छ ।

एल आकारको एलईडी टेल लाइट र कारको चौडा भागमा फैलिएको एलईडी लाइट बारको सौजन्यले पछाडिको छेउमा पूर्ण रूपमा नयाँ लुक पाउन सकिन्छ । साइड प्रोफाइलमा कुनै परिवर्तन नगरिएपनि यसमा दिइएको नयाँ डायमण्ड–कट एलोय ह्वील र अन्य साना परिवर्तनले एसयूभीलाई थप आकर्षक देखाएको छ ।

तीन इन्जिन विकल्पसहित कुल ७ भेरिएन्टमा आउने तय भएको क्रेटा फेसलिफ्टमा १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो–पेट्रोल र १.५ लिटर डिजेलको विकल्प पाउन सकिनेछ । साथै यसमा ६–स्पीड म्यानुअल, ६–स्पीड आईभीटी, ६–स्पीड आइएमटी, ६–स्पीड एटी र ७–स्पीड डिसीटी ट्रान्समिनको विकल्पा दिइएको छ ।

नेपाली बजारमा समेत निकै नै रुचाइएको कम्प्याक्ट एसयूभी क्रेटाको फेसलिफ्ट मोडल भारतमा लन्च भएलगत्तै यहाँको बजारमा पनि आउने अनुमान गर्न सकिन्छ । पुरै नयाँ लुक्स तथा डिजाइन र अत्याधुनिक फिचर लोड भएर आउन लागेको सो नयाँ एसयूभीले ईभीमय बनेको नेपाली अटो बजारमा कस्तो प्रभाव पार्ला भनेर जान्न भने केही समय कनुपर्नेछ ।

सम्बन्धित समाचारहरू

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...

हुन्डाई स्यान्ट्रोको नेपालमा २५ वर्षे यात्रा : नेपालमा साना गाडीको कथा बदल्ने कार

हुन्डाई स्यान्ट्रोको नेपालमा २५ वर्षे यात्रा : नेपालमा साना गाडीको कथा बदल्ने कार

हुन्डाई स्यान्ट्रो पहिलो पटक नेपाल भित्रिँदा साना गाडीको बजारमा जापानी...

हुन्डाईको सबैभन्दा आक्रामक इलेक्ट्रिक एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक

हुन्डाईको सबैभन्दा आक्रामक इलेक्ट्रिक एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक

लस एन्जलस अटो शो २०२५ मा हुन्डाई मोटरले आफ्नो सबैभन्दा बलियो र साहसिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...