कोस्टिङ रिगेन फिचरसहित पारदर्शी बडी भएको एपेक्स ४५० इलेक्ट्रिक स्कुटर लन्च

एथर इनर्जीले भारतीय बजारमा फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ४५० एपेक्स लन्च गरेको छ । कम्पनीले सो स्कुटर डिसेम्बर १९ गतेदेखि बुकिङ सुरु गरेको छ । यद्यपि सो स्कुटरको डेलिभरी मार्च २०२४ देखि सुरु हुनेछ ।

कम्पनीले यसमा ५ वर्ष वा ६० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको छ ।
यो पारदर्शी बडी भएको विश्वको पहिलो इलेक्ट्रिक स्कुटर भएको दाबी गरिएको छ । यसले ओला एस१ प्रोसँग प्रतिस्पर्धा गर्नेछ । सो स्कुटर इन्डियम ब्लू कलर विकल्पमा मात्र उपलब्ध हुनेछ । साथै यसको हार्डवेयरमा कुनै परिवर्तन गरिएको छैन ।

कम्पनीले यसमा ३.७ किलोवाटको ब्याट्री प्याक दिएको छ । सो ब्याट्री फुल चार्ज गरेपछि १५७ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । ब्याट्री ५ घण्टा ४५ मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । फास्ट चार्जरको प्रयोग गरेर ४५० एपेक्स १.५ किलोमिटर प्रतिमिनेटको स्पिडमा चार्ज गर्न सकिन्छ ।

नयाँ स्कुटरमा एथर ४५०एक्सको तुलनामा धेरै अपडेट गरिएको छ । यसमा ७.० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ९.३८ बीएचपीको पावर र २६ एनएमको टर्क जेनेरेट गर्छ । यसले २.९ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । स्कुटरमा इको, राइड, स्पोर्ट, वार्प र वार्प प्लस गरी ५ मोड रहेको छ ।

सो ईभीमा कोस्टिङ रिगेन सुविधा पनि उपलब्ध छ । सो फिचरले स्कुटर गति बिना ढलान वा समतल सतहमा चलाउँदा यो सिस्टमले ब्रेक लागू नगरी स्कुटरलाई सुस्त बनाउँछ र ब्याट्रीमा ऊर्जा फर्काउँछ । यसले ७ प्रतिशतसम्मको राम्रो रेन्ज प्रदान गर्छ । साथै यसमा हिल होल्ड असिस्ट, पार्क असिस्ट, जीपीएस नेभिगेसन, राइड मोड, ब्लुटुथ कनेक्टिभिटी र लाइभ ट्रयाकिङ जस्ता फिचर समावेश छ ।

सम्बन्धित समाचारहरू

नयाँ ग्राफिक्स र चार्जिङ क्षमता सुधार सहित जनवरी ६ मा लन्च हुँदै एथर ४५० एपेक्स

नयाँ ग्राफिक्स र चार्जिङ क्षमता सुधार सहित जनवरी ६ मा लन्च हुँदै एथर ४५० एपेक्स

एथर इनर्जीले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ’४५० एपेक्स’ जनवरी ६ मा...

नेपाल आइपुग्यो अवतार ११, छिट्टै लन्च हुने घोषणा, यस्ता छन् ५ विशेष फिचर

नेपाल आइपुग्यो अवतार ११, छिट्टै लन्च हुने घोषणा, यस्ता छन् ५ विशेष फिचर

काठमाडौं – अवतार ब्रान्डको नेपालका लागि आधिकारिक वितरक सीजी इभोलुसनले...

टेस्ला भुलाउने दिपल एस०७, वेलकमिङ सिट देखि जेस्चर कन्ट्रोल सम्मका फिचरले भरिपूर्ण

टेस्ला भुलाउने दिपल एस०७, वेलकमिङ सिट देखि जेस्चर कन्ट्रोल सम्मका फिचरले भरिपूर्ण

पछिल्लो समय नेपालमा फयुचरिस्टिक ईभी आउने क्रम तीव्र गतिमा बढी रहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...