फोटोन माउन्टेन ईभी र टीएम१ मा अवसरको उत्साह, थोरै डाउन पेमेन्टमा आकर्षक अफर उपलब्ध
काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले फोटोन...
बजाज अटोले अपडेटेड नयाँ इलेक्ट्रिक स्कुटर चेतक लन्च गरेको छ । कम्पनीले यसलाई अर्बन र प्रिमियम गरी २ भेरिएन्टमा लन्च गरेको हो । कम्पनीले २०२४ चेतक ईभीमा धेरै अपडेट गरेको छ । नयाँ फिचरसहित पावरट्रेनमा पनि केही परिवर्तन गरिएको छ ।
नयाँ बजाज चेतक इलेक्ट्रिक स्कुटरले भारतीय बजारमा ओला एस१ प्रो, टीभीएस आईक्युब, एथर४५०एक्स र सिम्पल वानसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्छ । यसअघि कम्पनीले गत मार्चमा इलेक्ट्रिक चेतकको प्रिमियम भर्सन बजारमा ल्याएको थियो ।

२०२३ मोडलको तुलनामा २०२४ चेतक प्रिमियममा केही परिवर्तन गरिएको छ । नयाँ मोडेलका सिल्भर ट्रिम पार्ट्स ब्ल्याक आउट पार्ट जस्तै हेडल्याम्प, इन्डिकेटर, ग्र्याब ह्यान्डल गार्निस र पाङग्रामा पनि परिवर्तन गरिएको छ ।
सो ईभीको प्रिमियम भेरिएन्टमा टेकप्याक भर्सन हुनेछ । यसमा कल अलर्ट, डिस्प्ले थिम, म्युजिक कन्ट्रोल र टर्न बाई टर्न नेभिगेसन जस्ता कनेक्टिभिटी फिचर समावेश छ । साथै हिल होल्ड, स्पोर्ट्स मोड र रिभर्स मोड जस्ता फिचर पनि थपिएको छ । चेतक प्रिमियममा अब इन्स्ट्रयुमेन्ट क्लस्टरको लागि ५ इन्चको टीएफटी डिस्प्ले पनि उपलब्ध छ ।
२०२४ बजाज चेतकको अर्बन भेरिएन्ट ११३ किलोमिटरको रेन्ज र ६५० वाटको अफ बोर्ड चार्जरको साथमा उपलब्ध छ, जसले ब्याट्री चार्ज गर्न ४ घण्टा ५० मिनेट लाग्छ । चेतक प्रिमियमको रेन्ज १०८ किलोमिटर र टप स्पिड ६३ किलोमिटर प्रति घण्टा छ । यसमा ८०० वाट अन बोर्ड चार्जरले फुल चार्ज हुन ३ घण्टा ५० मिनेट लाग्छ ।
काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले फोटोन...
इलेक्ट्रिक भेइकल स्टार्टअप कम्पनी ओलम्पियन मोटर्सले रेट्रो डिजाइनको...
हुन्डाई आयोनिक ५ ईभीले इलेक्ट्रिक कारले सबैभन्दा धेरै उचाई र गहिराईमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...