यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको छ । यो नियम आएसँगै केही कम्पनीले आफ्नो डिजेल कार बन्द गरेका छन् भने पेट्रोल कारमा पनि केही परिवर्तन गर्नुपर्नेछ । सो मापदण्ड पूरा नगर्ने सवारीसाधन अब बजारमा उपलब्ध हुने छैनन् ।

केही वर्ष अघि कारको उत्सर्जन स्तर प्रयोगशालामा मात्र परीक्षण गरिन्थ्यो, तर कारलाई वास्तविक जीवनमा प्रयोग गर्दा यसको उत्सर्जन स्तर बढेको पाइयो । यही कारण भारतीय सरकारले चारपाङ्ग्रे सवारीसाधनको उत्सर्जन स्तर निरन्तर जाँच गर्ने नियम बनायो । यसका लागि सवारीसाधनमा उत्सर्जन स्तर नाप्ने उपकरण जडान गर्नुपर्नेछ ।

उत्कृष्ट उत्सर्जन मापदण्ड पूरा गर्न सवारीसाधनमा चलिरहेको सवारीको उत्सर्जन स्तर निगरानी गर्न सक्ने उपकरण जडान गर्नुपर्नेछ । तर यसले कम्पनीको उत्पादन लागत बढाउने छ । यसको अधिकतम प्रभाव भने डिजेल कारमा देखिनेछ । यही कारण नयाँ वर्षमा केही कार सधैका लागि बन्द हुने भएका छन् ।

सन् २०२३ मा हुन्डाईको आई२० डिजेल र भरना डिजेल, टाटाको अल्ट्रोज, महिन्द्राको अल्टुरस जी४ र महिन्द्राको केयूभी१००, स्कोडाको अक्टाभिया र सुपर्ब, रेनो क्विड ८००, निसान किक्स, मारुती सुजुकी अल्टो ८००, टोयोटा इनोभा क्रिस्टा पेट्रोल, भल्वो एक्ससी४०, किया कार्निभल र होन्डाको सिटी ४ जेनेरेशन, ५ जेनेरेशन डिजेल, अमेज, ज्याज र डब्ल्युआर–भी जस्ता डिजेल कारको उत्पादन सधैका लागि बन्द भएका छन् ।

सम्बन्धित समाचारहरू

अव विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने, हुन्डाईले ल्यायो अफर

अव विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने, हुन्डाईले ल्यायो अफर

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

नयाँ कलर स्किममा आउँदै होन्डा सिवी ३५०

नयाँ कलर स्किममा आउँदै होन्डा सिवी ३५०

होन्डाले आफ्नो ३५० सिसी मोटरसाइकल सिवी हाइनेस र सिवी आरएसलाई नयाँ कलर...

सार्वजनिक भयो हुन्डाईको आकर्षक स्पोर्टी कार आई२० एन लाइन, बुकिङ सुरु

सार्वजनिक भयो हुन्डाईको आकर्षक स्पोर्टी कार आई२० एन लाइन, बुकिङ सुरु

हुन्डाईले मंगलबार भारतमा नयाँ कार हुन्डाई आई२० एन लाइन आधिकारिक रुपममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...