नाडा अध्यक्ष बन्ने भए करण चौधरी, सहमतिमै कार्यसमिति बनाउने प्रयास

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष करण चौधरी बन्ने भएका छन् । सोमबार नाडाका वर्तमान अध्यक्ष ध्रुव थापा र पूर्व अध्यक्ष सहितको व्यापक छलफल पश्चात चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको हो ।

सहमति अनुसार अध्यक्षका अर्का आकांक्षी आकाश गोल्छा अर्को कार्यकालमा अध्यक्ष बन्ने छन् भने अर्का आकांक्षी प्रकाश कपुरी पनि ब्याक भएका छन् । उनलाई पनि आगामी कार्यसमितिमा समेटिने छ भने अन्य पदहरु पनि सहमतिमै बनाउने प्रयास हुनेछ ।

यो भन्दा पहिले वर्तमान अध्यक्ष ध्रुव थापा निर्वाचनबाटै चुनिएर आएका थिए । त्यतिबेला करण चौधरी समेत उम्मेदवार थिए । अहिले पनि निर्वाचन हुने अवस्था बन्दै गएको अवस्थामा धेरैले सहमति हुनु पर्ने आवाज उठाइरहेका थिए । अटोमोबाइल व्यवसाय हाल कठिन अवस्थामा रहेको र मन्दी छाएको समयमा निर्वाचनमा होमिनु उपयुक्त नभएको धेरैको भनाइ थियो । सहमतिले व्यवसायीहरुमा खुसी ल्याएको देखिएको छ ।

सहमतिको प्रयासमा साथ दिने सम्पूर्णलाई अध्यक्ष थापाले आभार व्यक्त गर्दै भनेका छन्, ‘नाडामा सहमति गराउनका लागि हामीले बिगतबाटै प्रयास गर्दै आइरहेका हौं । जुन प्रयास आज सफल भएको छ ।’ अहिले सबै व्यवसायीहरु अप्ठ्यारो परिस्थितिमा रहेको र यो विषम परिस्थितिमा एकताको सन्देश दिन आफूहरु सफल भएको उनले बताए ।

यो सहमति सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुको लागि खुसीको खबर भएको नाडा महासचिव सुरेन्द्र कुमार उप्रेती बताउँछन् । ‘निर्वाचन नगरौं भन्ने सबै साथीहरुको भावना थियो । सोही भावनाको कदर भएको छ,’ उनले भने ।

संस्थाको गर्व र प्रतिष्ठा बढाउन नाडामा भएको सहमतिले विशेष योगदान गरेको अध्यक्षमा सर्वसम्मत भएका करण चौधरीले बताए । ‘सहमतिले नाडाको गर्व र प्रतिष्ठा बढाउने काम भएको छ,’ उनले भने ।

नाडा सदस्यहरुलाई एक सन्देश दिंदै उनले लेखेका छन्, ‘अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै नाडाले एकीकृत कार्यसमिति गठन गर्नु अपरिहार्य छ । विद्यमान चुनौतिहरूले चुनावी प्रक्रिया मात्र नभई एकताको माग गर्दछ। हाम्रा सदस्यहरूको दिगोपन र समग्र रूपमा अटोमोटिभ ब्यवसायीका लागि हाम्रो सामूहिक शक्ति महत्वपूर्ण छ। मलाई विश्वास छ कि यो समाचारले उत्साह ल्याउँछ, र म यो रोजिएको बाटोमा लाग्दा प्रत्येक सदस्यको समर्थन खोज्छु। हाम्रा आदरणीय अग्रजहरूको आशीर्वाद र सबै सरोकारवालाहरूको समर्थनले, म नाडालाई अझ ठूलो उचाइमा लैजान प्रतिबद्ध छु। यस प्रयासमा तपाईंको समर्थन अमूल्य छ, र म हाम्रा सामु रहेका चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगी रूपमा काम गर्न तत्पर छु।’

नाडाको ४७औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।

सम्बन्धित समाचारहरू

नाडाले भेट्यो गभर्नर, मौद्रिक नीतिमा अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह

नाडाले भेट्यो गभर्नर, मौद्रिक नीतिमा अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष डा. धु्रव थापाको...

देशमै आयआर्जनको वातावरण बनाइदिन उद्योगमन्त्रीलाई नाडाको आग्रह

देशमै आयआर्जनको वातावरण बनाइदिन उद्योगमन्त्रीलाई नाडाको आग्रह

काठमाडाैं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग देशका...

हाम्रो बजार संगको सहकार्यमा आजबाट डिजिटल नाडा अटो शो

हाम्रो बजार संगको सहकार्यमा आजबाट डिजिटल नाडा अटो शो

काठमाडौं– नेपालमा पहिलो पटक अनलाइन अटो शो शुरु भएको छ । नाडा अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...