औपचारिक रुपमै लन्च भयो टीभीएस रोनिन, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्पनीको पहिलो ‘मोडर्न–रेट्रो’ मोटरसाइकल रोनिन नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका लागि टीभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ । यो नेपालमै एसेम्बल गरिएको मोटरसाइकल हो ।

२२५ सीसीको सो मोटरसाइकलको तौल १६० केजी छ, जसले २०.४ पीएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । यसमा ५ स्पिडको गियरका साथै स्लिपर क्लच उपलब्ध छ।

क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, जीटीटी टेक्नोलोजी र भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

टिभीएस रोनिन नेपाली बजारमा टीडी संस्करण अर्थात ट्रिपल टोन डुअल च्यानल एबीएसमा उपलब्ध हुनेछ । यसको मूल्य ४ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

गत भदौमा सम्पन्न नाडा अटो शोमा यसलाई पहिलो पटक प्रदर्शन गरिएको थियो ।

सम्बन्धित समाचारहरू

सेगमेन्ट फर्स्ट फिचर सहित आयो २०२२ टीभीएस रेडिअन

सेगमेन्ट फर्स्ट फिचर सहित आयो २०२२ टीभीएस रेडिअन

टीभीएसले भारतमा अपडेटेड रेडिअन ११० सीसी कम्युटर मोटरसाइकल सार्वजनिक...

टीभीएस पीजीएम मिट सम्पन्न, आईक्युब स्कुटरको वारेमा मेकानिक्सलाई जानकारी प्रदान

टीभीएस पीजीएम मिट सम्पन्न, आईक्युब स्कुटरको वारेमा मेकानिक्सलाई जानकारी प्रदान

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

नेपाली टु ह्विलर बजारमा पछिल्लो बीएस ६ मापदण्डमा आधारित मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...